जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीविरुद्ध चितवन जिल्ला अदालतमा फौजदारी मुद्दा

Click Image

चितवन –चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा। शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ।भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा मुद्दा दायर भएको खुल्न आएको हो।

चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रुपाखेतीविरुद्ध जालसाजी मुद्दा दर्ता भएको पुष्टि गरे। “दुनियाँबादी फौजदारी मुद्दा दर्ता भएको देखिन्छ,” सूचना अधिकारी विश्वकर्माले बताए।

रुपाखेती हालको केपी ओली नेतृत्वको सरकारका पालामा जर्मनीका लागि नेपाली राजदूत पदमा नियुक्त भएका थिए। संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी राष्ट्रपतिबाट अनुमोदन भएसँगै पदभार ग्रहण गरेका रुपाखेतीविरुद्ध दायर भएको दुनियाँबादी फौजदारी मुद्दाले कूटनीतिक वृत्तमा तरंग उत्पन्न गराएको छ।यस विषयमा प्रतिक्रिया लिन खोज्दा राजदूत रुपाखेतीसँग सम्पर्क हुन सकेन।

प्रशासनडटकमबाट

Previous articleखोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु
Next articleरवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।