चितवनको कालिका नगरपालिकामा सापकोटा कल्याण समाज गठन गरिएको छ।
कालिकाका स्थानीय अगुवा तथा समाजसेवी उमाकान्त सापकोटाको अध्यक्षतामा सापकोटा कल्याण समाज कालिका नगर कमिटी गठन गरिएको हो।।
समितिको उपाध्यक्षमा दशरथ सापकोटा सचिव उमेश सापकोटा कोषाध्यक्षमा गंगाप्रसाद सापकोटा तथा सदस्यहरूमा खुमानन्द सापकोटा माया सापकोटा लगायत छन्।
सापकोटा समाजले बन्धुबान्धवबीच एकता कायम गर्ने, आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने लगायतको उद्देश्य राखेको छ। गत वैशाख २ गते एक भेला सम्पन्न गरी शुभकामना आदानप्रदान तथा समिति गठन कार्यक्रम सम्पन्न गरिएको हो।

