दुर्गा प्रसाईंलाई हतकडी लगाएर लगियो काठमाडौँ

Click Image

झापा- मेडकिल व्यवसायी दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानबाट भद्रपुरबाट काठमाडौँ लगिएको छ।

केहीबेर अघिको उडानबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। उनलाई हतकडी लगाएर विमानमा प्रवेश गराइएको थियो।

उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। काँकरभिट्टा हुँदै उनलाई भद्रपुर लगेर बुद्ध एयरको विमानबाट काठमाडौँ लगिएको हो।

गत चैत १५ गते काठमाडौँ तीनकुने घटनापछि उनी फरार थिए। उनी पक्राउ परेको शुक्रबार बिहान मात्र प्रहरीले औपचारिक जानकारी दिएको हो।

चैत १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

खबर अनुसार उनी गुवाहाटीमा ५ जनासँगै एक होटलमा बसेका थिए। त्यति नै बेलामा यो कुरा आसामका डिजी (प्रहरी महानिर्देशक)लाई थाहा भयो। त्यसलगत्तै उनले उनको आत्मसमर्पण सम्बन्धी निर्देशन दिएका थिए।

Previous articleरवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
Next articleकालिकामा सापकोटा कल्याण समाज गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।