धुलिखेलमा घरभित्र छिर्‍यो टिपर

उज्यालो नेपाल- काभ्रेपलाञ्चोकमा टिपर घरभित्र छिरेको छ।

धुलिखेल नगरपालिका -५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटमा टिपर छिरेको हो।

मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।

‘मानवीय क्षति भने भएको छैन,’ उनले भने,’टिपर एक्कासि कसरी पस्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।’
सटरबाट टिपर झिकेर बनाउनका लागि बनेपा पठाइएको उनले बताए।

Previous articleएमालेलाई भाटभटेनी जग्गादानबारे सर्वोच्चले भन्यो- ‘कानुनसम्मत छ
Next articleकालिका नेपालकै उत्कृष्ट दश भित्र पर्न सफल; चितवनका सात पालिकामध्ये अधावधिक बेरुजु सबैभन्दा कम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।