कोरोनाभाइरसका कारण अमेरिकामा ९ को मृत्यु, संक्रमितको संख्या १ सय २६ पुग्यो

अमेरिकी अधिकारीहरुका अनुसार कोरोनाले ९ जनाको ज्यान लिइसक्दा त्यहाँ संक्रमितको संख्या १ सय २६ पुगेको छ।

मंगलबारसम्म अमेरिकामा कोरोनाका कारण ६ जनाको मृत्यु हुँदा ९९ जना यस भाइरसबाट संक्रमित थिए। गएको २४ घण्टामा ३ जनाको मृत्यु भएको र २७ जना संक्रमित थपिएका हुन्।

मृत्युहुने सबै राजधानी वासिङ्टनका स्थानीयबासी भएको बताइएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म विश्वमा ९३ हजार २३७ कोरोनाबाट संक्रमित भएका छन्।

३२ सय ३ को मृत्यु भइसक्दा उपचारपछि ५० हजार ६९१ स्वस्थ बनेका छन्।

चीनमा मात्र ८० हजार २७० कोरोनाबाट संक्रमित छन् र त्यहाँ २ हजार ९८१ को मृत्यु भइसकेको छ।

कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। सीएनएन

सुरु हुन लागेको कतार टर्कीको उडान फेरी अनिश्चित; फोटो र बारकोड़ सहितको पिसिआर रिपोर्टले ल्यायो झ’मेला

Previous articleविश्वभर कोरोनाभाइरसबारे फैलिएका भ्रम र त्यसको सत्यता यस्ता छन्…
Next articleसन्दिप लामिछानेले बनाए विश्वकै किफायती बलरको कीर्तिमान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।