सन्दिप लामिछानेले बनाए विश्वकै किफायती बलरको कीर्तिमान

एसीसी इन्टर्न रिजन टी-ट्वान्टी क्रिकेटमा नेपालले बुधबार थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै किर्तिमानी जित निकालेको खेलमा स्पिनर सन्दीप लामिछाने र पवन सर्राफले पनि व्यक्तीगत किर्तिमान कायम गरे।

आजको खेलमा सन्दीपले सर्वाधिक डट बल राख्दै किर्तिमान बनाएका हुन्। उनले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिएका थिए। सो क्रममा सन्दीपले २२ बलमा कुनै रन दिएनन्। सन्दीप नेपालबाट एकै टि–ट्वान्टी खेलमा २२ बल डट राख्ने पहिलो नेपाली बलर हुन्।

यस अघि पाकिस्तानका फास्ट बलर मोहमद आमिरले २१ डट बल फालेका थिए। उनले यूएइविरुद्धको खेलमा सो किर्तिमान बनाएका थिए।

यस्तै टि–ट्वान्टी आई इतिहासकै छैटौं चाडो जित निकाल्ने क्रममा नेपालले थाईल्यान्डलाई ८७ बल अगाडीनै पराजित गर्यो। जुन टि–ट्वान्टी आइमा बलको रुपमा छैटौं चाडो जित पर्दछ। टि–ट्वान्टी इतिहासमै सर्वाधिक छिटो जित अष्ट्रियाले टर्कीलाई ३३ रनको लक्ष्य पक्ष्याउने क्रममा २.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गरेको थियो।

pawan-sarraf.png

नेपालले सहज जित निकाल्ने क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पवन सरार्फ १० बलमा ३ छक्का र २ चौका सहित २७ रनमा नटआउट रहे। सो क्रममा पवनको स्ट्राइक रेट २ सय ७० रन रह्यो। जुन टि–ट्वान्टीमा नेपालको तर्फबाट एकै खेलमा उच्च स्ट्राइक रेट पर्दछ।

यस अघि सन्दीप जोराले गत वर्ष युएईविरुद्ध तेस्रो टि–ट्वान्टी खेलमा २५४.५४ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए।

३५००० फिटमा उडिरहेको प्लेन भित्र केक काटेर बर्थडे मनाउने चारजना कारबाहीमा

Previous articleकोरोनाभाइरसका कारण अमेरिकामा ९ को मृत्यु, संक्रमितको संख्या १ सय २६ पुग्यो
Next articleकाँग्रेस एक जुट हुनुको विकल्प छैन : तरुण दल अध्यक्ष बस्नेत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।