ट्रम्पको भारत भ्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने भारत भ्रमण नया“ दिल्लीका लागि जति महत्वपूर्ण थियो, त्यति नै महत्वपूर्ण वासिङ्गटनका निम्ति पनि थियो । महाअभियोगको आरोपबाट मुक्त भएपछिको ट्रम्पको यो पहिलो द्विपक्षीय भ्रमण थियो । यो भ्रमणमा दुई देशबीच ३ अर्ब डलरको रक्षा सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्ताक्षर गरेका छन् ।

साथै ऊर्जा र प्रविधिको क्षेत्रमा सहयोग बढाउने दुई अन्य सम्झौतामा पनि हस्ताक्षर भएको छ । दुई देशले आपसी सम्बन्धलाई नयाँ उचाइमा पु-याइएको विश्वास व्यक्त गरेको छ । दुवै देशले आपसी सम्बन्धलाई नयाँ उचाइसम्म पु¥याउनुका साथै समग्र ग्लोबल रणनीतिक साझेदारी स्थापित गर्ने घोषणा पनि गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले दुवै देशको सम्बन्धलाई एक्काइसौं शताब्दीको महत्वपूर्ण गठबन्धन बताएका छन् । दुवै देशले रक्षा, सुरक्षा, ऊर्जा, प्रविधि र व्यापारजस्ता सबै विषयमा छलफल गर्नुको साथै एउटा ठूलो व्यापार सम्झौताको निम्ति पनि सहमति कायम भएको विश्वास प्रकट गरेका छन् । विगत तीन वर्षमा द्विपक्षीय व्यापारमा दुई गुणा वृद्धि हुनुलाई पनि उनले सकारात्मक मानेका छन् । यस वर्षको अन्त्यतिर अमेरिकामा राष्ट्रपति निर्वाचन हुन गइरहेका कारण कुनै ठूलो व्यापारिक सझौता त हुन सकेन । अमेरिका र भारतबीच स्वास्थ्य तथा तेल एवं ग्याँससँग सम्बन्धित तीन–बुँदे सम्झौतामा हस्ताक्षर हुनुका साथै भारतको ‘मेक इन इन्डिया’ कार्यक्रमलाई अमेरिकाले सहयोग गर्ने संकेत दिएको छ ।

वर्तमान अवस्थामा डोनाल्ड ट्रम्प आफ्नो देशभित्र निकै लोकप्रिय पनि छन् । अमेरिकी अर्थ व्यवस्था पनि राम्रो अवस्था छ र त्यहा“ रोजगारको अवस्थामा पनि निकै सुधार आएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रक्रिया पनि सुरू भइसकेको छ । अमेरिकामा भारतीय मूलका मतदाताको संख्या ठीकठीकै छ । यिनीहरू चुनावमा आर्थिक सहयोग पनि खुबै गर्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो देशमा मात्रै लोकप्रिय छैनन् कि विश्वभरिकै भारतीयमा लोकप्रिय मानिन्छन् । ‘नमस्ते ट्रम्प’ कार्यक्रमको आयोजना पनि ‘हाउडी मोदी’कै अर्को शृंखलाका रूपमा मान्ने गरिन्छ ।

वर्तमान युग आर्थिक युग हो र देशबीचको सम्बन्ध विशुद्ध रूपमा आर्थिक कारोबार, व्यापार, लगानी र नाफा–नोक्सानमा केन्द्रित हुनेगर्छ । अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउनुको एउटा ठूलो कारण अमेरिकाको व्यापारिक स्वार्थ पनि हो । खास गरिकन द्विपक्षीय व्यापारमा बढी सुविधा हासिल गर्न ट्रम्प प्रशासन भारतमाथि दबाब कायम गर्न खोजिरहेको छ जबकि भारत पनि आफ्नो व्यापारिक हितलाई पहिलो प्राथमिकता दिने गरेको छ । सम्भवतः यिनै कारणले होला कुनै ठूलो आकारको व्यापारिक सम्झौता हुन सकेन ।

ट्रम्प प्रशासनले सन् २०२१ मा एउटा ठूलो व्यापारिक सम्झौता गर्नेमा सहमति जनाएको छ । सम्भवतः अमेरिकी राष्ट्रपति निर्वाचनपछि भारत अमेरिकालाई यस्तोखाले सम्झौताका निम्ति बाध्य पार्न सक्दछ । यसपालि पनि ट्रम्प नै चुनाव जित्ने सम्भावना देखिन्छ । ट्रम्पको यस भारत भ्रमणका दौरान भारत पनि ट्रम्पमाथि दबाब कायम गर्ने रणनीति बनाएको देखियो । भारतले आफ्नो रणनीतिक आवश्यकतालाई दृष्टिगत गरेर नै अमेरिकासित रक्षा सम्झौता गरेको छ । भारतले अमेरिकालाई यस कुराको अनुभूति गराउन सफल साबित भएको छ कि भारत उसको रणनीतिक साझेदार हो तथा कतिपय कारणले सकारात्मक द्विपक्षीय सम्बन्ध अमेरिकाका निम्ति आवश्यक छ ।

खासगरी हिन्द–प्रशान्त क्षेत्रमा भारतको सहयोग र समर्थनबिना एक्लो अमेरिका चीनसित प्रतिस्पर्धा गर्न सक्दैन । बीआरआईको बढ्दो प्रभावले अमेरिकालाई पनि समस्या उत्पन्न गर्न सक्दछ । यस क्षेत्रमा भारतको अग्रणी, महत्वपूर्ण एवं विशेष भूमिकालाई चीनले स्वीकार तथा समर्थन गर्नुको विकल्प छैन । दक्षिण एसियामा स्थायी शान्तिको लागि पनि यो भ्रमण सहयोगी साबित हुनेछ । भारत भ्रमणमा जानुअघि ट्रम्पले रावलपिन्डी पनि आए हुन्थ्यो भन्ने पाकिस्तानी चाहना त पूरा हुन सकेन । तर, ट्रम्पले काश्मीरलाई भारत एवं पाकिस्तानबीचको बाटोमा काँडाको संज्ञा दिएर आपूmलाई मध्यस्थताका निम्ति योग्य बताउने प्रयास गरेका छन् ।

सम्भवतः अमेरिकी चुनावलाई लक्षित गरेर उनले रिपब्लिकन पार्टीको दशकौं पुरानो पाकिस्तान प्रेमलाई नवीकरण गर्ने प्रयास गरेका छन् तर वर्तमान अवस्थामा भारतीय प्रधानमन्त्रीलाई दबाब दिने अवस्थामा अमेरिका छैन न त भारतीय प्रधानमन्त्री मोदी नै कसैको दबाबमा काम गर्ने खालका नेता हुन् । साझा हित र विश्वव्यापी समस्या माथि दुवै नेताले ध्यान केन्द्रित गर्नुको विकल्प थिएन ।

द्विपक्षीय सम्बन्ध सुधार्ने प्रयासः शीतलयुद्धताका भारत र अमेरिकाबीच खासै राम्रो सम्बन्ध थिएन । सन् १९५९ मा सर्वप्रथम अमेरिकी राष्ट्रपति डवाइट डेविड आइजन हार्वरले भारतको भ्रमण गरेका थिए । उनले तत्कालीन भारतीय राष्ट्रपति डा. राजेन्द्रप्रसाद र प्रधानमन्त्री जवारहलाल नेहरूसित भेटवार्ता गर्नुका साथै नया“ दिल्लीको रामलीला मैदानमा सम्बोधन पनि गर्नुभएको थियो र भारतीय संसद्मा दुवै सदनका सदस्यलाई पनि सम्बोधन गर्नुभएको थियो ।

१० वर्षपछि अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले भारतको भ्रमण गरे । उनको दुई दिने भारत भ्रमणका दौरान कुनै खास सम्झौता हुन सकेन । सन् १९७१ को बंगलादेश मुक्ति आन्दोलनका दौरान निक्सन खुलेरै पाकिस्तानको पक्षमा लागेका थिए । सन् १९७८ मा भारतमा जनता पार्टीको सरकार थियो र मोरारजी देसाई देशका प्रधानमन्त्री थिए ।

अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको यस भारत भ्रमणले पहिलोपटक अमेरिका र भारतलाई एकअर्काको नजिक ल्याउने काम ग¥यो । शीतयुद्धताका भारत सोभियत संघको नजिक थियो जबकि अमेरिकाले पाकिस्तानलाई काखी च्यापी हिंड्ने गर्दथ्यो । जिम्मी कार्टरको भ्रमण सन् १९७१ को बंगलादेश मुक्ति आन्दोलन र सन् १९७४ को आणविक परीक्षणको सन्दर्भमा भारत–अमेरिकाबीच सम्बन्धलाई सुधार गर्ने दिशामा केन्द्रित थियो । जिम्मी कार्टरले आफ्नो तीन दिने भारत भ्रमणका दौरान भारतीय संसद्लाई पनि सम्बोधित गरे । गुरुग्रामको एउटा गाउ“मा पनि उनले भ्रमण गरे जसको नामाकरण नै कार्टरका नाममा भएको हो । २६ वर्षपछि सन् २००० मा भारतको भ्रमण गर्ने बिल क्विन्टन चौथो अमेरिकी राष्ट्रपति थिए । उनको यस भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने दिशामा कोसे ढुंगा पनि मानिन्छ ।

क्लिन्टनले तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीसित मिलेर द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने एउटा मार्ग निर्धारण गरे । यो त्यतिबेला भएको थियो जब सन् १९९९ मा भारतले गरेको आणविक परीक्षणका कारण अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाएको थियो र कारगिल युद्ध पनि सकिएको धेरै समय बितेको थिएन । क्लिन्टनको त्यस भ्रमणले भारत–अमेरिका रणनीतिक एवं आर्थिक साझेदारीको थालनीलाई रेखांकित गरेको मान्नैपर्छ । जिम्मी कार्टर र बिल क्लिन्टनका कारण नै एउटा धारणा पनि विकसित हुन गयो कि डेमोक्रेटिक पार्टीको पालामा भारत–अमेरिका सम्बन्ध बढी सुमधुर हुनेगर्छ ।

९-११ को घटनापछि भारत र अमेरिकाको सम्बन्धमा ऐतिहासिक परिवर्तन आएको देखियो । इस्लामिक चरमपन्थी र आतंकवादको बिरोधमा अमेरिका पनि भारतको नजिक हुन बाध्य भयो । सन् २००६ मा जर्ज डब्लु बुसको भारत भ्रमणका दौरान दुई देशबीच आणविक सम्झौता भएको थियो । ९-११ को घटनाले अमेरिकाको रिपब्लिकन पार्टी पनि पाकिस्तानमाथि पत्यार गर्न छोड्यो तथा भारतसित सुमधुर सम्बन्ध बनाउने काम ग¥यो जुन अहिलेसम्म जारी छ ।
सन् २०१० मा भारतको भ्रमण गर्ने छैठांै राष्ट्रपति बराक ओबामा थिए । उनले दुईपटक भारतको भ्रमण गरे ।

बराक ओबामाले भारत–अमेरिका रणनीतिक सम्बन्धलाई बलियो बनाउने काम गरे । उनी नया“ दिल्लीको सट्टा मुम्बईबाट आप्mनो भ्रमणको थालनी गरे । यसको पहिलो उद्देश्यीय भारतसितको व्यापारिक सम्बन्धलाई ठूलो महत्व दिनु मात्रै थिएन कि मुम्बईमा आक्रमणमा मारिएकाको परिवारप्रति ऐक्यबद्धता प्रकट गर्नु पनि थियो । ओबामाले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्यताको निम्ति भारतको वकालत पनि गरे । ५ वर्षपछि पुनः उनले सन् २०१५ मा भारतको भ्रमण गरे । दुईपटक भारतको भ्रमण गर्ने उनी पहिलो अमेरिकी राष्ट्रपति साबित भए । सन् २०१५ को २६ जनवरीमा भारतको गणतन्त्र दिवसमा उनी प्रमुख अतिथि पनि थिए ।

The post ट्रम्पको भारत भ्रमण appeared first on Rajdhani Daily News.

मैले पाईन्ट खोलि सकेको थिएँ, उनि हुन्न हुन्न भन्दै चिच्याउन थालिन् अनि …..

Previous articleकाठमाडौंमा भेला भएर हाेली खेल्न निषेध !
Next articleशैक्षिक क्षेत्रको साख
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।