स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बंगाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले बताए।

बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आएका थिए। सोही इँटा उद्योगमा काम गर्ने नम्बर नखुलेको स्काभेटरले बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएका प्रहरीले जनाएको छ। रासस

https://ujyaalonepalnews.com/archives/5154

Previous articleचीनमा कोरोना भाइरसको संक्रमण न्यूनीकरण, २४ घण्टामा कसैको निधन भएन
Next articleमकवानपुरमा जन्ती चढेका बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।