मकवानपुरमा जन्ती चढेका बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाँउ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहेका छन्। दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ।

प्रहरीका अनुसार घटनास्थलमा नै मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन।

उपचारका लागि अस्पताल भर्ना भएका ४९ जनामध्ये २६ जनाको अवस्था सामान्य भएकाले उनहरुलाई घर फर्काइएको र अन्यको हेटौँडा अस्पताल, चुहेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बुधबार साँझ मकवानपुरगढी–१ घट्टेपाखोबाट जन्ती बोकेर सुकौरा जाँदै गरेको ना३ख ३५५६ नंको बस शिखरकटेरीको गैरीभञ्ज्याङ दुर्घटना भएको थियो। रासस

नेपाल फर्कने श्रमिकहरुलाई युएईमा रहेको नेपाली दुताबासको सुचना

Previous articleस्काभेटरको ठक्करबाट बालिकाको मृत्यु
Next articleमिस वर्ल्ड टोनी–एन सिंह काठमाडौँमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।