अस्ट्रेलियामा पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर नेपाली विद्यार्थीको मृत्यु

अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीको पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर मृत्यु भएको छ।

अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर बुधबार पोखराका निकेस श्रेष्ठको मृत्यु भएको बताइएको छ।

फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत श्रेष्ठ चार जना साथीसँग मिलेर पौडी खेल्न गएका थिए। पौडीकै क्रममा उनलाई छालले बगाएको थियो। साथीहरुले खबर गरेपछि आएका उद्धारकर्मीले उनलाई समुन्द्रबाट निकालेको थियो।

एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले समुन्द्रमा पौडीका क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी दिए। श्रेष्ठको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरीरहेको खड्काले जानकारी दिए।

खड्काले मृत्यु भएको थाहा पाउनासाथ क्विन्सल्यान्ड एनआरएनएले आफन्त, परिवार र प्रहरीसँग समन्वय गरिरहेको बताए। उनले श्रेष्ठका बारेमा विस्तृत रुपमा बुझ्न काम भइरहेको बताए।

मलेशिया प्रवेश गर्ने नेपालीलाई तिन हप्ताको क्वारेन्टाइन अनिवार्य

Previous articleजनकपुरमा महामूर्ख सम्मेलन हुने, १ जनालाई महामूर्खको उपाधि !
Next articleकाेराेनाभाइरस : भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष स्थापना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।