धौलागिरी अञ्चल अस्पतालमा ‘आईसोलेन वार्ड’ स्थापना

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङले कोरोना भाईसरको सभ्भावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीलाई बिशेष निगरानीमा उपचार तथा परामर्शका लागि ‘आइसोलेसन वार्ड’ तयार गरिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बिक पोखरेलले जानकारी दिए ।

‘आइसोलेसन वार्ड’मा दुई वटा वेड राखिएको छ । कोरोना उपचार तथा निगरानीको लागि चार वटा कोठा छुटाइएको छ । दुई वटा कोठामा विरामी राख्ने र दुई वटा कोठामा उपचारको लागि आवश्यक सुरक्षा सामाग्री राखिने छ ।

कोरोनाको शंका लागेमा आइसुलेसन कक्षमा राखेर नमूना परिक्षणका लागि काठमाडौं पठाइनेछ । धौलागिरी अञ्चल अस्पतालका साथै नीजि अस्पतालहरुलाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर ‘आइसोलेसन वार्ड’को तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जिल्लाका सरोकारवालाको बैठकमा आग्रह गरेका थिए ।

अहिले सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीहरु पनि कोरोनाको लक्षण भएको भन्दै परीक्षणका लागि आउने क्रम बढेको धौलागिरी अस्पतालले जनाएको छ । कोरोना संक्रमितलाई उपचार गर्दा, उपचार गर्ने डक्टर, नर्स, बिरामीको नमूना संकलन गर्ने चिकित्सक, ल्याबमा काम गर्ने प्राविधिक, कर्मचारी, एम्बुलेन्स चलाउने चालक, सरसफाईमा खटिने कर्मचारीले लगाउने सुरक्षा सामाग्री नै पर्याप्त नभएको अंचल अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।

उपचारमा खटिने डाक्टर, नर्स लगायत काममा खटीने टोलीले लगाउने सुरक्षित पोषाक, हेलमेट, पञ्जा, मास्कलगायतका सामग्री गण्डकी प्रदेश सरकारकासँग माग गरिएको सदस्य शर्माले बताए । यसैबीच, जिल्ला प्रशासन बागलुङले कोरोना संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक स्थलमा मेला, भेला, भेटघाट र समारोह नगर्न सबैसँग अपिल गरेको छ । धेरै भीडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न अपिल गएिको हो ।

The post धौलागिरी अञ्चल अस्पतालमा ‘आईसोलेन वार्ड’ स्थापना appeared first on Rajdhani Daily News.

अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक चल्यो रुवाबासी, किन भयो यस्तो?

Previous articleकोरोनाभाइरस सङ्क्रमणको जोखिम भए पनि एसईई परीक्षा नरोकिने
Next articleग्यास डिपोमा लाइन (फोटोफिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।