
एसीसी इस्टर्न रिजन टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज शुक्रबार सिंगापुरसँग खेल्दै छ।
थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल खराब (चिसो) मैदानका कारण ढिला सुरु हुने भएको छ।
सिंगापुरसँग खेल्नु अघि नै एसिया कप यात्राबाट बाहिरिसकेको नेपाल सुखद अन्त्यको आशामा छ।
यता सिंगापुर भने एक खेल अगावै शीर्ष स्थानमा रहेर आगमी अगष्टमा मलेसियामा हुने एसिया कप छनोटको लागि स्थान पक्का गरिसकेको छ।
सिंगापुर आज नेपाललाई हराउँदै शतप्रतिशत नजितासहित उपाधि जित्ने दाउमा मैदान प्रवेश गर्ने छ।
नेपाल मलेसियासँग २२, हङकङसँग ४३ रनले पराजित हुँदा थाईल्यान्डलाई भने ९ विकेटले परजित गरेको थियो।
सिंगापुरले मलेसियालाई १ सय २८ रन , थाईल्यान्डलाई ४३ रन र हङकङलाई १६ रनले पराजित गरेको थियो।
ग्यास्ट्रिक हरण चुर्णको बट्टामा गाँजा बोकेर कतार उड्न लागेका व्यक्ति विमानस्थलमा पक्राउ


