ग्यास्ट्रिक हरण चुर्णको बट्टामा गाँजा बोकेर कतार उड्न लागेका व्यक्ति विमानस्थलमा पक्राउ

Click Image

ग्यास्ट्रिक हरण चुर्णको बट्टामा गाँजा बोकेर कतार उड्न लागेका व्यक्ति विमानस्थलमा पक्राउ

कतार उड्न लागेका एक व्यक्तिलाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको छ। कतार एयरवेजबाट मंगलबार बिहान साढे १० बजे दोहा जान लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय गाम गाँजासहति पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। उनको लगेजबाट गाँजा बरामद गरिएको हो।

उनको लगेजभित्र ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग गोकर्णेश्‍वर १, काठमाडौं लेखिएको सिल गरेको बट्टाभित्र गाँजा लुकाई लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठका अनुसार पाडक वैदेशिक रोजगारी लागि कतार जान लागेका थिए। विमानस्थलको एक्सरेमा जाँचका क्रममा सो गाँजा बरामद भएको उनले बताए।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थल प्रहरीलाई बुझाइएको छ।

https://ujyaalonepalnews.com/archives/15521

Previous articleचितवनको लोथर सम्म ल्याइने भनिएको पेट्रोलियम पाइपलाइन अन्योलमा
Next articleविदेश पठाउन भनेर पैसा लिएका रबिनले मान्छे पठाउन नसकेपछि ८ महिने छोरी मा’रेर श्रीमती सहित गरे आ’त्मह’त्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।