काँठे दोहोरीमा प्रदीप र कल्पनाले जिते तीन लाख

काठमाडौं । एकपछि अर्को विभिन्न समूहका प्रतियोगीसँग चार दिनसम्म काठे दोहोरी खेलेका सिन्धुपाल्चोकका प्रदीप रोक्का र कल्पना दाहालको जोडी उत्कृष्ट भएका छन् । शुक्रबारबाट काठमाडौंको टुँडिखेलमा पाँच दिनसम्म चलेको प्रथम राष्ट्रिय काँठे लोकदोहोरी प्रतियोगितामा प्रदीप र कल्पनाको जोडी प्रथम भएको हो । यो प्रतियोगिमा मुलुकका २६ जिल्लाबाट ७४ समूह काँठे दोहोरी गायनमा उत्रिएको थियो ।

प्रतियोगिताको फाइनलमा गोरखाकी वविता बाँनिया (जेरी) र विजय बाँनियाको जोडीले प्रदीप रोक्का र कल्पना दाहालको जोडीसँग प्रतिस्पर्धा गरेको थियो । वविता र विजयको जोडी यो प्रतियोगितामा दोस्रो भयो । जितसँगै विजेता प्रदीप र कल्पनाको टिमले ३ लाख रुपैयाँ पुरस्कारसहित एउटा गीत रेर्कड गर्न पाउने अवसर हासिल गरेको छ उपविजेता समूहका ववितिा र विजयले २ लाख रुपैयाँसहित एउटा गीत रेर्कड गर्न पाउने अबसर हासिल गरे ।

डीएआर मुभिजको आयोजनामा काठमाडौंको टु“डिखेलमा फागुन १६ गते पाँच दिनसम्म प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव आयोजना गरिएको हो । प्रतियोगिताको निर्णायक संयोजक नवराज घोरासैने, निर्णायक मण्डलको अध्यक्ष सीता थापा, अम्बर विरही गुरुङ, घमेश दुलाल, हरि थापा, केशव चौलागार्इं, रेशम थापा थिए । अतिथि निर्णायक तथा जुरीका रूपमा भीमसेन खतिवडा, मीनामैयाँ थापा, उमा श्रेष्ठ र अमृत खातीलाई राखिएको थियो ।

‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नारासहित आयोजित यो महोत्सवमा तेस्रो र चौथो नतिजाका लागि दिलिप थापामगर र टीकामाया (भ्याली राष्ट्रिय लोकदोहोरी प्रतिष्ठिान कोटेश्वर)का जोडी उत्रिएका थिए । यी दिलिप र टीकामायासँग नुवाकोटका भगवान कार्की र सर्लाहीकी मीरा रायमाझीको जोडले दोहोरी खेलेको थियो । यी दुई टिमबीचको खेल बराबरीमा टुंगिएपछि दुवै टिमले ७५ हजारका दरले पुरस्कारसहित एक÷एकवटा गीत रेर्कड गर्न अवसर प्रदान गरिने भएको छ ।

कार्यक्रममा काँठे क्षेत्रको लोकगीत संगीतमा योगदान पु¥याएका अग्रजदेखि नवकलाकारहरूलाई विविध सम्मान गरिएको थियो । जसमा पुराना सर्जक कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, टंक केसी, हरिबहादुर राउत, गोविन्द दुलाल, केशव चौलागार्इं, नवराज घोरासैने, कल्याणकुमार कार्की, तीर्थकुमारी थापा, मीरा थापा, धुव्रराज खड्का, शिवनारायण जोशी, नवीन ढुंगेल, महेन्द्र तिमल्सिना, इन्दिरा गुरुङ, घमेश दुलाल, रेशम थापा, हरि थापा, सीता थापा, भोजराज काफ्ले, गीतादेवी, पार्वती कार्की, मीनामैया थापा, गोकुल राउत, शारदा घिमिरे, कान्छी काँठे लोक गायिका आयुषा गौतम, अमृत सापकोटालाई सम्मान गरिएको थियो । पूर्वकानुमन्त्री शेरबहादुर तामाङले स्रष्टालाई सम्मान प्रदान गरेका हुन् ।

दिवंगत स्रष्टा सम्मानअन्तर्गत बुद्धिकृष्ण लामिछाने, कृष्णविक्रम थापा, भगवती दंगाल र लालबहादुर खातीलाई मरणोपरान्त सम्मान प्रदान गरियो । यस्तै, विविध विधामा गीतकार सञ्चारकर्मी फूलमान बल, ऋषि धमला, कृष्ण कँडेल, कृष्ण कट्टेल, अशोक धिताल, सन्देशकुमार खड्का, चन्द्रमणि गौतम, राजु बोहरा र कमल सरगमलाई सम्मान गरिएको थियो ।

The post काँठे दोहोरीमा प्रदीप र कल्पनाले जिते तीन लाख appeared first on Rajdhani Daily News.

पानीपुरीको पानीमा यसरी मिसाईयो पिसाब, जगमा पिसाब फेरेर यस्तो गरे

Previous articleभक्तपुर महोत्सव स्थगित
Next articleआमाका लागि सुनिल र पूजाको गीत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।