आमाका लागि सुनिल र पूजाको गीत

काठमाडौं । आमाहरूको सम्मानमा गायक सुनिल छिदाल र गायिका पूजा घर्ती मगरले नयाँ गीत ‘आमा…’ स्रोतामाझ ल्याएका छन् । गीतमा गायक छिदाल स्वयंको संगीत छ । यो गीतको भावअनुसारको म्युजिक भिडियो बनाइएको छ ।

भिडियोमा गायक छिदाल स्वयंले अभिनय गरेका छन् । आमाको मायाबाट वञ्चित भएर सडकमा जीवन बिताएका सडक बालकका रूपमा गायक छिदान गीतको भिडियोमा प्रस्तुत भएका छन् । उनको आमाको भूमिकामा लक्ष्मी रोकाया छिन् । लक्ष्मी यो गीतको गीतकार हुन् ।

गीतको भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन् । गीतको भिडियोका निर्देशक रोजल थापा हुन् । जसमा अनिल रानाको सम्पादन रहेका छन् ।

The post आमाका लागि सुनिल र पूजाको गीत appeared first on Rajdhani Daily News.

टाँडी चोकको एटुजेड मोबाईलको सटर फोडेर लाखौँको मोबाइल चोरी

Previous articleकाँठे दोहोरीमा प्रदीप र कल्पनाले जिते तीन लाख
Next articleकृषि अनुदानको समीक्षा जरुरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।