तामाङ गीत ‘ह्वाम्ला मायासे’ बजारमा (भिडियो सहित )

काठमाण्डौ । तामाङ समुदायका नायक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङलाइ फरक लुक्समा भिडियोमा देख्न सकिन्छ ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ‘सुर्य किरण’ समेत निर्देशन गरिसकेका छन । उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन । तामाङ
फिल्म होस या म्युजिक भिडियोमा फरक र नयाँपन ल्याउने गरेका दोङले यो भिडियोमा नयाँ प्रयोग गरेका छन ।

दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर  गायक एंव संगीतकार बिशाल काल्तानको रहेको छ भने  गायिका जितु लोप्चनले आवाज साथ दिएकी छिन ।  भिडियोमा सम्पादन,कोरियोग्राफ र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता लामाको अभिनय एकसाथ देख्न सकिन्छ ।

भिडियोलाई छायांकन र ड्रोन सुर्य लामाले गरेका हुन भने ड्रेस डिजाइनिङ क्लोथिङ इन नेपाल, अनिता नेगिले गरिकी हुन ।  । नायक दोङले निर्देशनगरेको भिडियोमा सुस्मा मोक्तान,पदम दोङ,कुइसाङ रुम्बा,बिशाल थिङ, मिलन स्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मि तामाङको अभिनय रहेको छ ।

 

 

The post तामाङ गीत ‘ह्वाम्ला मायासे’ बजारमा (भिडियो सहित ) appeared first on Rajdhani Daily News.

माग्नेबुढाको बुवाआमासँग भेट्दा यति धेरै हँसाए, केदार बारे खुलाए यस्तो कुरा (भिडियो सहित)

Previous articleसिन्धुली अस्पतालमा कोरोना जाँच गर्न ‘आइसुलेसन वार्ड’
Next articleमस्तिष्कघातका विरामीलाई खोटाङ सेवा समाज कतारको १ लाख आर्थिक सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।