सिन्धुली । सिन्धुली अस्पतालले कोरोना भाइरसका विरामीको उपचारका लागि छुटै वेड तथा स्थान निर्माण गरेको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि कोरोनाको उपचारको पूर्व तयारी स्वरुप आइस्युलेसन वार्डको स्थापना गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले जनाए अनुसार अस्पतालको क्याविनमा ३ वटा वेड, औषधि तथा अन्य आवश्यक सामग्री सहितको वार्ड स्थापना गरिएको हो । कुनै विरामीमा उक्त भाईरसको संक्रमणको आशंका लागेमा सोहि वार्डमा राखि उपचार गरिने उनले बताए ।

सिन्धुलीमा शुक्रबारदेखि उक्त वार्ड सञ्चालनमा ल्याईएको हो । पोखरेलका अनुसार त्यस्ता विरामी फेला परेमा प्रारम्भिक जाँच गरि टेकु अस्पतालमा रिफर गरिने छ ।
कोरोना भाइरस जाँच तथा सरसफाईका लागि उक्त वार्ड भित्र सबै खालको व्यवस्थापन गरिएको छ । संक्रमित फेला परेमा अन्य व्यक्तिलाई भाइरस संक्रमण हुन नदिन वार्डको स्थापना गरिएको हो । पोखरेलका अनुसार सिन्धुली अस्पतालमा औषधिको अभाव भने छैन ।

The post सिन्धुली अस्पतालमा कोरोना जाँच गर्न ‘आइसुलेसन वार्ड’ appeared first on Rajdhani Daily News.


