तत्कालीन लोकतान्त्रिकका ११ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग गरेको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको यसअघिको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको केन्द्रीय सदस्यमा मनोनयन हुनेमा रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, मङ्गलप्रसाद थारु , योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र मोरङका उद्योागी पवनकुमार सारडा छन् ।

तत्कालीन लोकतान्त्रिक फोरमलगायत अन्य राजनीतिक दलको साङ्गठनिक संरचना समायोजनका लागि कांग्रेसद्वारा यसअघि गठित समायोजन समितिको बैठकको निर्णयबाट उनीहरुको नाम सिफारिस गरिएको थियो ।

The post तत्कालीन लोकतान्त्रिकका ११ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित appeared first on Koshi Online.

नेपाल सरकारले रियादको मुटुमा ७.२ रोपनी जग्गा किन्दै, दुई सरकार बीच भयो सम्झौता

Previous articleमस्तिष्कघातका विरामीलाई खोटाङ सेवा समाज कतारको १ लाख आर्थिक सहयोग
Next articleराणा परिवारको सुखसयल त्यागेर बुद्धत्वको सार खोज्न निस्किएका श्रीधर राणा बने महायोगी (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।