पिठुवा नहरमा डुबेर एकजनाको मृत्यु

उज्यालो नेपाल। रत्ननगरको पिठुवा नहरमा डुबेर एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान रत्ननगर १६ हात्तीगाडे स्थित नहरमा डुबेर एकजना वृद्धको मृत्यु भएको हो।

मृत्यु हुनेमा रत्ननगर १६ मुनालटोल निवासी वर्ष ७५ का कर्ण बहादुर गुरुङ रहेको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए। घटना बारे थप विवरण आउन बाँकी छ।

Previous articleरत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा कालिकाका कँडेलको ज्यान गयो।
Next article५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा साउन १५ र १६ गते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।