पहिलो प्रेम बिछोडले नै पीडा दियो

लोकदोहोरी गीतको भिडियोमा पछिल्लो समय धेरै छाएकी मोडलमा पर्छिन्, सरिष्मा रामजाली मगर । बेनी नगरपालिका–९, बाछेपकी उनी स्कुले जीवनदेखि नै नृत्यमा सिपालु थिइन् । शंकर बिसीलाई गुरु बनाएर नृत्यमा लागेकी उनले बिसीमार्फत म्युजिक भिडियोमा मोडलिङ यात्रा २०७२ बाट सुरु गरिन् । जीवन थापामगर र देवी घर्तीमगरको ‘फक्रेको फूल खोला पारी…,’ गीतको भिडियोमा अभियन गरेर उनी मोडलिङमा लागिन् । त्यसपछि उनले नेपाली लोकदोहोरी क्षेत्रका अधिकांश गायकगायिकाका गीतमा मोडलिङ गरिसकेकी छन् । स्नातक दोस्रो वर्षमा अध्ययनरत सरिष्माले अहिलेसम्म अभिनय गरेको म्युजिक भिडियोको संख्या तीन सयभन्दा बढी भइसकेका छन् । पछिल्लो समय प्रकाश सपूतको ‘हरे हरे नारन…,’ काउली बूढीको ‘यो मायाको…,’ उनका चलेका भिडियो हुन् । सरिष्माले मोडलिङ गरेकामध्ये रामजी खाँडको ‘फिदा भयो मन…,’ गीतको भिडयो सबैभन्दा लोकप्रियमध्येको हो । उनका यस्ता धेरै लोकप्रिय भिडियो छन् । स्टेज कार्यक्रममा पनि त्यत्तिकै व्यस्त रहने यी मोडलले भारत, मलेसिया, दुबई, कतार, हङकङ, जापान, कोरियासहित थुप्रै देशमा सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिसकेकी छन् । यिनै मोडलसँग गरिएको सटकट संवाद :

धेरैजसो सालैजु, कौरामा देखिनुको कारण नि ?
सालैजु, करौलालगायतका लोकनृत्यमा दख्खल राख्छु । यस्तो सांस्कृतिक नृत्य गर्ने मोडल कमै छन् । सोही कारण पनि यस्तो गीतको भिडियोमा बढी छाएकी हुँ ।

अनि डान्सिº गीतमा बढी हुनुको कारण नि ?
मलाई म्युजिक भिडियोमा गम्भीर अभिनयभन्दा डान्स गर्न बढी मन पर्छ । त्यसो त, प्रमोद खरेलदेखि धेरै आधुनिक गायकका आधुनिक र पपगीतमा पनि गम्भीर चरित्र निर्वाह गरेकी छु । तथापि, मेरो पहिलो रोजाइ डान्सिङ गीत नै हो ।

मोडलिºमा कमाइ कस्तो छ अहिले ?
राम्रो छ । एउटा गीतको २० देखि ४० हजारसम्म पारिश्रमिक लिन्छु । आजकाल छानेर मासिक ५÷६ वटा मात्र भिडियो गर्छु । स्टेज कार्यक्रममा बढी फोकस हुने
गरेकी छु ।

अनि चलचित्रतर्फ केन्द्रित किन नभएको नि ?
पहिलो चलचित्र ‘सुन्तलीलाई फकाई लग्यो झिल्केले’ खेलेपछि अरू केही फिल्ममा प्रस्ताव त आए । तर, राम्रो ब्यानरका फिल्म नभएकाले काम गरिन“ । आफूलाई मन पर्ने व्यानर र कलाकारसँग काम गर्ने प्रस्ताव आयो भने पक्कै गर्छु ।
मोडललाई मन पराउने त हजारौं हुन्छन् नि होइन ?
हो नि हुन्छन् । तर, धेरैजसो फ्यान हुन्छन् ।

यीमध्ये प्रेमी कोही पनि भएनन् त ?
किन नहुनु ? एक जनासँग प्रेम सम्बन्ध थियो तर पछि बिछोड भयो ।

यति राम्री मान्छेलाई धोका दिनुको कारण ?
एकले अर्कालाई प्रेम गर्दा उसको पेसाको पनि सम्मान गर्नुपर्छ । हाम्रो यो फिल्ममा दिनरात नभनी सुटिङ र कार्यक्रममा हि“ड्नुपर्छ । तर, मेरो यो काम उहाँलाई मन परेन । सोही कारण हामीबीच बिछोड भयो ।

त्यसपछि फेरि प्रेममा परिएन ?
छैन नि । पहिलो प्रेमको बिछोडले नै पीडा दियो । कलाकारिता र मोडलिङ पेसालाई नबुझ्ने मान्छेसँग प्रेमसम्बन्ध र विवाह ग-यो भने यो पेसा नै छाड्नुपर्छ । त्यसैले, अहिले प्रस्ताव आए पनि स्विकार्ने हिम्मत गरेकी छैन ।

त्यसो भए कस्तोलाई स्विकार्ने त ?
म मोडल तथा कलाकार भनेर प्रेम गरेपछि उसले मेरो कामलाई सम्मान गनुपर्छ । कलाकारितामा रोकतोक गर्नु भएन । यस्तो व्यक्ति पायो भने मात्रै विवाह गर्छु । कतिपयसँग यो सर्त राख्दा टाढिने गरेका छन् । त्यसैले, अहिले प्रेम र विवाहलाई बेवास्ता गर्दै काममै ‘फोकस’ भएकी छु ।

The post पहिलो प्रेम बिछोडले नै पीडा दियो appeared first on Rajdhani Daily News.

फेरि शुरु भयो इराक पठाउने धन्दा : मानव तस्करको चंगुलमा फस्दै नेपाली युवा

Previous articleअबको यात्रा ठूलो पर्दातिर
Next articleसुरक्षाकर्मी हाई अलर्टमा, नाकामा निगरानी बढाउँदै सरकार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।