सन्दीपको कमाई माथि सरकारी नजर; होला त संदिपलाई कारबाही ?? (भिडियो सहित)

नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्न कमाईबाट उनले काठमाण्डौंका बुढानीलकण्ठमा बंगला किनेका हुन् ।

सन्दीपको यो सफलता निकै लोभलाग्दो छ र सबैले प्रशंसा गरिरहेका छन् । तर, नयाँ बंगला खरिद गरेसंगै उनमाथी समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ । आन्तरिक राजस्व विभागले उनको आय र करको विवरणमाथि छानविन गर्न थालेको छ । ६ करोडमा घर खरिद गरेको समाचार आएपछि विभागले छानविन गर्न थालेको छ । स्रोतका अनुसार आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि छानविन गर्न थालिएको छ ।

सन्दीपले पछिल्लो एक वर्षमै दुई करोड भन्दा धेरै आर्जन गरेका छन् । त्यसको करिब ४० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । गत वर्ष क्यानाडा र बंगलादेश प्रिमियर लिगमा भएको ग्लोबल टी–२० बाट मात्र १२० हजार अमेरिकी डलर कमाएका थिए । यसैगरि पाकिस्तान र क्यारेबियन प्रिमियर लिगहरुमा ५० हजार र ७० हजार डलर लिएका थिए । त्यसैगरि आईपिएलमा २० लाख लिएका थिए ।

यसमध्य केही रकम एजेन्ट र म्यानेजरले पाउने भएपनि उनको कमाई करिब २ करोड देखिन्छ । जसअनुसार उनले एक वर्षमै करिब ४० लाख रुपैयाँ कर तिर्नुपर्न हुन्छ । तर, उनले थारैमात्र कर तिरेका छन् । यो वर्ष उनको कमाई तीन करोड नाघ्ने देखिएको छ । टी टेनदेखि अष्ट्रेलियाको बिग ब्यास तथा इंल्याण्डको प्रतियोगितामा छानिएका छन् ।

इंल्याण्डमा हुने नयाँ फम्र्याटको खेल द हन्ड्रेड बलमा उनी एक लाख पाउण्ड (एक करोड ४७ लाख रुपैयाँ)मा अनुबन्धित छन् । त्यस्तै टी– १० लिगमा ४५ हजार डलर उनी बिकेका छन् । बिग ब्यासमा पनि करिब ७० हजार डलर पाउने बताइएको छ । यो वर्ष पनि आईपिएल खेल्ने उन्को सम्भावना छ । विभिन्न कम्पनीको ब्राण्ड एम्बेसडर, क्यानबाट तलब सहित उनको कमाई तीन करोड पुग्ने छ ।

विश्वका धेरै चर्चित खेलाडीहरु करको लफडामा परेका छन् । मेसी देखि रोनाल्डोसम्मलाई यस्तो कसुरमा सजाय भएको छ । नेपालमा सबैभन्दा बढी कमाउने सन्दीप पनि करको लफडामा परेका छन् । यद्यपि, उनले कर छलि गर्न बैंकबाट कर्जा लिएका छन् । तर, पनि गम्भीर छानविन भए उनीमाथि कारबाही हुने सम्भावना रहेको स्रोतले बताउँछन् ।- दृष्टिबाट

२, ४, ७ र ९ जुलाईमा कतार बाट हुने नेपाल एयरलाइन्सको उडानका लागि यात्रुहरुको सूची
Previous articleसन्दीपको कमाईमा सरकारी आँखा, कर छलेको
Next articleपर’देशी जीवन बिता’इरहनु भएका मेरा प्यारा साथीहरु, आमाको सन्देश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।