कोरोनाका कारण बेलायतमा दोस्रो व्यक्तिको मृत्यु, संक्रमित संख्या पुग्यो १ सय ६३

संक्रमितको संख्या बढेर १ सय ६३ पुग्दा बेलायतमा मृतकको संख्या बढेको हो।

बेलायती अधिकारीहरुका अनुसार ८० वर्षका वृद्धको ज्यान गएको छ। अधिकारीहरुले ती वृद्धसँग पछिल्लो समय सम्पर्कमा रहेका सबैको स्वास्थ परिक्षण गर्न सुझाव दिएका छन्।

केही दिन अगाडिमात्र एक ७० वर्षकी वृद्धाको बेलायतमा कोरोनाको कारण ज्यान गएको थियो।

हाल विश्वमा १ लाख १४९२ जना कोरोनाबाट संक्रमित छन्। तीमध्ये ३४८५ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्र ८० हजार ६५१ संक्रमित छन्। त्यहाँ ३ हजार ७० को मृत्यु भइसकेको छ। हालसम्म ५६ हजार ८७५ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

 

गैंडाकोटको अक्फोर्ड कलेजलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

Previous articleअब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम
Next articleट्रक र स्कुटी ठोक्किँदा श्रीमानको मृत्यु, श्रीमती र छोरी गम्भीर घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।