बारा । बारा माछामा पकेटको रूपमा विकास हँुदै गएको छ । माटो, हावा, पानीको दृष्टिकोणले बारा माछा उर्वर भूमिका रूपमा रहेको छ । उत्पादनको दृष्टिकोणले राम्रो आम्दानी हुन थालेपछि बारामा माछापालन व्यवसाय फस्टाउँदै गएको छ ।
सरकारले माछातर्फ राम्रो सेवासुविधा दिन थालेपछि जिल्लामा अहिले व्यावसायिक रूपमै माछापालनतर्फ किसानको संख्या उल्लेखनीय वृद्धि भएको छ ।
जाडो महिना, विवाह, पार्टीमा माछा शुभ साइत मान्ने गरेकाले माछाको माग दिनदिनै बढेको छ । माछाको उपभोगसँगै मागसमेत बढ्नुका साथै राम्रो आम्दानी हुने भएकाले यस क्षेत्रका किसानहरू व्यावसायिक रूपमै माछापालनतर्फ आकर्षिक भएका हुन् ।
उत्पादित जिउँदै माछापोखरीकै डिलबाट व्यापारीहरू खरिद गरी लग्ने गरेका छन् । माछापालनका लागि आवश्यक पूर्वाधारसँगै पानीको स्रोत सुहाउँदो माटो र न्यानो हावापानी तथा वर्षमा तीनपटक बिक्री गर्न सजिलो भएको हुनाले अन्य कृषि व्यवसायभन्दा माछापालन व्यवसाय नै आम्दानीको मुख्य स्रोत बन्दै गएको सिम्रौनगढ नगरपालिकाका माछा किसान अभिषेक महतोले बताए ।
मागअनुसार माछाको आपूर्ति गर्न धौधौ परेको छ । माछा उत्पादनका लागि आवश्यक दानाको भाउ दिनप्रति दिन बढ्दै गएको छ । नेपालमा आवश्यकता र मागअनुसार दाना उपलब्ध हुन नसकेकाले भारतबाट थप महँगो मूल्य तिरी दाना खरिद गर्न बाध्य रहेको प्रधानमन्त्री सुपरजोन परियोजनाका प्रमुख डा. सुरेन्द्र यादवले बताए ।
नेपाल सरकारले यस बारा जिल्लालाई माछाको पकेट क्षेत्रका रूपमा घोषणा गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन कार्यक्रम लागू भएपश्चात् यस क्षेत्रका किसानहरू उत्साहित भई थप माछापालनतर्फ आकर्षित भएका छन् । बारामा विशेषगरी कार्प जातका कमन कार्प, रोहु, नैनी, भाकुर, ग्रास कार्प, बिग्रेडलगायत ६ प्रकार प्रजातिका माछा कृषकहरूले उत्पादन गर्दै आइरहेका छन् ।
छरी माछाको माग बढेकाले प्रविधि विकास गर्ने ठाउँ नै बारा रहेको छ । काठमाडांै, नारायणघाट, पोखराका सहरमा मागको ९० प्रतिशत बाराले धानिरहेको छ । किसानहरू बढी छरी माछातर्फ बढी आकर्षित भएकाले प्रधानमन्त्री कृषि परियोजनाले बढीभन्दा बढी उत्पादनतर्फ सोच बनाएको छ ।
१ हजार हेक्टरमा पोखरी खन्ने लक्ष्य रहेको थियो । त्यसमध्ये ७ सय हेक्टरमा प्रधानमन्त्री कृषि परियोजनाको सहयोगले पोखरी खनेको अवस्था रहेको छ ।
दानाको गुणस्तर राम्रो नभएकाले किसान मर्कामा परेका छन् । किसानको सेयरले दाना उधोगको स्थापना गर्न सके किसानलाई राहत हुनेछ । जिल्लामै उधोगको स्थापन गरी गुणस्तर दाना उत्पादन गर्न सके देशकै ३० प्रतिशत माछा माग पूरा गर्न सक्ने उनले बताए ।
बरामा ठूला साना गरी ५ हजार बढी पोखरी रहेको छ । उतपादनका रूपले राष्ट्रिय उत्पादन १ लाख मेट्रिक टन प्रतिवर्ष छ भने राष्ट्रिय उत्पादनको बाराले एक तिहाइ माग पूरा गरेको छ । त्यसमध्ये सुपरजोनले मात्र २० प्रतिशत माग पूरा गरिरहेको छ । व्यावसायिक रूपमा लाग्ने कृषकको संख्या बढ्दै गएको छ ।
मुख्य समस्या बजारीकरण रहेको छ । उत्पादन मुख्य बजार काठमाडौंजस्ता ठाउँमा जिउँदो माछा कसरी पु¥याउने त्यसतर्फ आउने दिनमा बढी केन्द्रित हुने बताए । किसानलाई व्यावसायिक तालिम दिई लागत कसरी कम गर्न सकिनेतर्फ प्रेरित गर्नेछ । कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नयाँ पोखरी निमार्णका लागि प्रतिकठ्ठा १० हजार अनुदान दिने गरेका छांै । बजारीकरणका लागि आइस भवन निमार्ण गर्ने, माछालाई ढुवानी गर्न फ्रोजेन भ्यान वितरण गरेको पनि सुपरजोन परियोजनाका प्रमुख डा. यादवले बताए ।
The post माछापालन व्यवसाय फस्टाउँदै appeared first on Rajdhani Daily News.
भरतपुर अस्पतालमा तीन डायलासिस मेसिन थपियो अब १२ ओटा मेसिन बाट सेवा प्रवाह


