महिला दिवसको औचित्य

0
38

 

विनायकप्रसाद धिताल

 

पुँजीवादी व्यवस्थाले विश्व बजारलाई गाँज्न थाले पछि श्रमिकको शोषणयुगको सुत्रपात भएको मानिन्छ । शोषणको शृंखलामा पुँजीपतिवर्गले विशेषतः महिलाको हक, हित, स्वास्थका विषय, सामाजिक सुरक्षा, दिनमा १६ घण्टाको सट्टा ८ घण्टा काम गर्ने र काम गरेबापत पुरुषसरह नै ज्याला पाउनु पर्ने, मजदुर युनियनमा पुरुषकै बराबर सहभागिता र नेतृत्व गर्न पाउने, मताधिकार आदि विषय उठाएर विरोध प्रदर्शन सुरु भयो । केही समयसम्म उक्त विरोध तथा आन्दोलनको कुनै नतिजा नदेखिए पनि आन्दोलनका मुठीहरू उठिनै रहे । महिलाको संठन दबाउने अमेरिकी सरकारको नीति भए पनि आन्दोलन नित्य भइरहँदा र आन्दोलनकारीसँग घँुडा टेकी सम्झौता गर्न बाध्य भयो ।

यही आन्दोलनको सफलताको उपलब्धिमा टेकेर सन १९१० मा डेनमार्क को कोपनहेगनमा समाजवादी महिला सम्मेलनको आयोजना गरियो । सो सम्मेलनमा तत्कालीन जर्मनका साम्यवादी सिद्धान्तका मुख्य व्यक्ति क्लारा जेट्किनले ८ मार्चलाई विश्व नारी दिवसका रूपमा मनाउन समस्त विश्वसँग आग्रह गरेकीले उनको मर्यादा राखी सन् १९१० मार्च ८ देखि नारी दिवस मनाउन थालियो । त्यसलाई थप पुट दिन मानव अधिकरवादीको वकालती कदम पनि सहभागी हँदा विश्वको ध्यान महिला शोषणको अवस्थाप्रति आकर्षित हुन गयो ।

त्यसको फलस्वरूप नारी आन्दोलनका आवाज अझ बढी घनिभुत हँुदै गएर जसको परिणामस्वरूप विश्वव्यापी रूपमा ‘श्रमिक नारी दिवस’ मनाउने परम्पराको सुरुवात भयो । मार्च ८ को दिनलाई श्रमिक नारी दिवस मनाइने भए पनि संयुक्त राज्य अमेरिकी राष्ट्रपतीय घोषणामा चाँहि मार्च महिनालाई ‘महिला इतिहास महिना’को रूपमा मनाउने र त्यस अवसरमा महिलाले आफ्नो र आफ्नो परिवार, समुदाय तथा राष्ट्रका प्रगतिमा उनीहरूले गरेका सराहनीय कार्यको कदर र योगदानको सम्मान गर्ने नीतिको अवलम्बन गर्न सुझाएको पाइन्छ ।

नेपालको सन्दर्भमा नेपाली महिला आन्दोलनके इतिहासलाई पल्टाउँदा भोजपुरकी योगमायाको नाम पहिलो नम्बरमा आउँछ र प्रथमतः उनले सामाजिक बेथिति र शासकीय विसंतिविरुद्ध धर्म समाज र राष्ट्रलाई हाँक दिने अठोट लिएर विद्रोहीका रूपमा अभियान चलाएर समाज सुधार, सामाजिक न्याय, महिला र विधवाको अधिकार, सामाजिक कुसंस्कार, अन्धविश्वास, घुसखोरीको अन्त्य, छुवाछुत, चर्को ब्याज आदिसमेतलाई नियन्त्रण गर्न २६८ वटा चेतावनीसहितको विन्तीपत्र तत्कालीन राणा सरकारमा जाहेर गरेकी थिइन् । उनको प्रयासलाई मान्यता नदिई तत्कालीन सरकारले उनलाई जेलमा नै सडाउ नियत लिएको थाहा पाई उनको नेतृत्वमा उनी समेत ६८ जनाले विस १९९८ असार ३१ गते एकैपटक अरुण नदीमा हाम फालेर मृत्युवरण गरेका थिए । त्यसपछि योग मायाको आवाजलाई निरन्तरता दिन राणा शासनको जल्दोबल्दो समय भए पनि अन्य महिला योद्धा खास गरेर साधना प्रधान, मंगला देवी सिंह, अङगुरबाबा जोशी आदिले निरन्तरता दिएको उल्लेख पाइन्छ ।

विसं २००४ मा राणाशासन कालमा पनि महिलाको सुधार र सशक्तीकरणको अभियानलाई अघि बढाउने क्रममा छोरीले छोरा सरह म्याट्रिक परीक्षा दिन पाउने माग राख्दै मंगलादेवी सिंहको अध्यक्ष्यतामा साहना प्रधान, स्नेहलता श्रेष्ठ समेतको सहभागितामा काठमाडांैस्थित म्हैपीमा गोप्य रूपमा बनभोजको आयोजना गरी महिला संगठनको आवश्यकतालाई मूर्त रूपदिने सहमति गरेका थिए । त्यही वर्ष श्रावण २२ गते नेपाल महिला संघको गठन गर्न सफल भए त्यसपछिका समयमा महिला आवाजलाई दब्न नदिन सांगठिक रूपमा मात्र नभई व्यक्तिगतस्तरबाट पनि धेरै प्रयत्न भए जसको फलस्वरूप विसं २०१६ मा अनि त्यही वर्षका श्रावण २२ गते नेपाल महिलासंघको गठन गर्न सफल भए । विसं २०१६ मा गठित विपी कोइराला नेतृत्वको पहिलो जनविनिर्वाचित सरकारमा सहायक मन्त्रीका रूपमा पहिलो महिला मन्त्रीपदमा द्वारिकादेवी ठकुरानी उदाइन् ।

महिला शोषण र अत्याचार सामजिक विकृतिका रूपमा विश्वका धेरै मुलुकमा पाइएको हुँदा सन् १९५४ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले आफ्ना सदस्य राष्ट्रलाई सम्बन्धित देशमा परापूर्वकालदेखि चलिआएको महिला विरोधी कानुन, पौराणिक कथा, संस्कृति र व्यावहारिक जीवनका भेदभाव उन्मुलन गर्न आह्वान गर्दै घोषणपत्र जाहरीे ग¥यो ।

 

नारी पुरुषबीचको एकआपसको प्रेम र  सद्भावनाले घर परिवार, समाज र राष्ट्र उज्यालिन्छ। एक अर्काको अभावमा बत्ती बल्दैन संसार चल्दैन। चाहे सृष्टिको होस् वा समाजको गाडी चल्न नारी पुरुष दुवै चाहिन्छ

नेपालको सन्दर्भमा पनि महिलामा गरिने भेदभावमा राज्यको कानुन दोषी हुनुभन्दा पनि पितृसत्तात्मक सोच जुन हाम्रो धर्म संस्कार र संस्कृतिको उपज हो त्योभन्दा बढी जिम्मेवार छ । नेपालको नयाँ सम्बिधान २०७२ मा महिला अधिकारको प्रत्याभूति धेरै हदसम्म सुनिश्चित गरिए पनि व्यवहारमा महिला जुनसुकै क्षेत्रमा पनि विभेदकारी चिन्तन प्रक्रियाबाट प्रताडित छन् । पुरुषको महिलाप्रतिको धारणामा खासै परिवर्तन आउन सकेको छैन ।

यी सबै यथार्थले नारी दिवसको औचित्यलाई पुष्टि गर्ने मात्र नभई यसको प्रभावकारिता स्थापित हुन पर्ने कुरामा जोड दिन्छ । प्रभावकारिता तब मात्र स्थापित हुन्छ जब परिवार र समाजको महिला प्रति हेर्ने दृष्टिकोण र सोचमा परिवर्तन आउँछ । यसका लागि सामाजिक क्राान्ति नै ल्याउन पर्ने हुन्छ । त्यसको अगुवाइ गर्ने पुरुषवर्गले गर्ने होइन । समाजमा ज्वलन्त उदाहरण बनेका निःस्वार्थी, शिक्षित, महिलावर्गले गर्नुपर्छ । होस्टेमा हैंसे गर्ने दायित्व पुरुषवर्गको हो । मात्र महंगो होटेल, कोठा वा बैठकमा प्रस्तुत गरिने कार्यपत्रमा गरिएको महिलाको दयनियर विचारणीय अवस्थाका चित्रणले कुनै ताŒिवक फेरबदल ल्याउन सक्दैन । त्यसैले नारी दिवसलाई कर्मकान्डीय तरिकाले होइन, सामाजिक चेतना फैलाउने, कुुरीति र कुसंस्कारको मर्ममा प्रहार गर्ने विभेदकारी नियम कानुन जलाउने जस्ता क्रान्तिकारी कार्यक्रम ल्याएर मनाउन जरुरी छ ।

वास्तवमा पुरुष र नारी एक अर्काका प्रतिद्वान्द्वी वा शत्रु होइनन् उनीहरू एक अर्काका सहयोगी तŒव हुन् भन्ने सामाजिक चिन्तन हुन नितान्त जरुरी छ । पुरुष र नारी नेगेटिभ पोजेटिभ तŒव हुन जसरी बिजुली बत्तीको नेगेटिभ पोजेटिभ तŒव दुवै मिले भने बत्ती बल्दछ । त्यसरी नै नारी पुरुष बीचको एक आपसको प्रेम र सद्भावनाले घर परिवार, समाज र राष्ट्र उज्यालिन्छ । एक अर्काको अभावमा बत्ती बल्दैन संसार चल्दैन । चाहे सृष्टिको होस् वा समाजको गाडी चल्न नारी पुरुष दुवै चाहिन्छ ।

 

The post महिला दिवसको औचित्य appeared first on Rajdhani Daily News.

‘खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’

Previous articleभौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद
Next articleचीनमा क्वारेन्टाइन गरिएको होटल भत्किँदा ४ जनाको मृत्यु, २९ वेपत्ता