चीनमा क्वारेन्टाइन गरिएको होटल भत्किँदा ४ जनाको मृत्यु, २९ वेपत्ता

0
75

फुजियान प्रान्तको क्वान्झाउमा शनिबार पाँच तले सिन्जिया होटल भत्किएको हो। हाल २९ जना अझै वेपत्ता छन्। अधिकारीहरुका पुरिएका उनीहरुको हाल खोजी कार्य जारी छ।

आपतकालीन व्यवस्थापन मन्त्रालयकाअनुसार सुरुमा होटल भत्कँदा ७१ जना पुरिएका थिए। ३८ जनाको सकुशल उद्धार भएको छ।

A rescuer follows an injured man walking out of the rubbles of a collapsed five-story hotel building in Quanzhou city in southeast China's Fujian province, 7 March 2020

सिन्ह्वाका अनुसार उक्त होटलको दोस्रो तला लुनार नयाँ वर्षयतादेखि मर्मत सम्भार गरिँदै थियो। प्रहरीले होटलका मालिकलाई यतिबेला नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

क्वान्झाउमा हालसम्म ४७ जना कोरोनाबाट संक्रमित भेटिएका छन्। फुजियान प्रान्तभर भने हालसम्म २९६ जना कोरोना संक्रमित भेटिएका छन्। हाल त्यहाँ १० हजार ८१९ लाई क्वारेन्टाइनमा राखिएको छ। एजेन्सी

प्रथम राप्ती क्रिकेट च्याम्पियनसीपको उद्घाटन खेलमा वडा नम्बर ५ विजयी

Previous articleइटलीमा डेढ करोड मानिस क्वारेन्टाइनमा, भागे ३ महिना जेल
Next articleकोभिड–१९ : सिन्धुली अस्पतालमा आइसोलेसन वार्ड स्थापना