
सिरियाकी ११ वर्षीया टेबल टेनिस खेलाडी ओलम्पिक २०२० छनोट भएकी छन्। उनी टोकियो ओलम्पिककी कान्छी खेलाडी त बन्ने छिन् नै इतिहासकै कान्छी ओलम्पियनमध्ये एक पनि हुनेछिन्।
सिरियाका हेन जाजा गत साता जोर्डनको अम्मानमा भएको पश्चिम एसियाली ओलम्पिक छनोटमा लेबनानकी ४२ वर्षीया मरियाना साहाकियनलाई हराएकी थिइन्।
‘हाम्री नायिका हेन जाजालाई बधाई!’ सिरियन ओलम्पिक कमिटीले फेसबुकमा लेखेको छ।
ओलम्पिकमा टेबल टेनिसमा उमेरहद छैन।
अन्तर्राष्ट्रिय टेबल टेनिस संघका अनुसार जाजा अहिले १५५औँ स्थानमा छिन्। एजेन्सी
मन्त्रिपरिषद् बैठक : स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय


