
होटल भत्किँदा त्यहाँ मृत्यु हुनेको संख्या ७ पुगेको छ।
फुजियान प्रान्तको क्वान्झाउमा शनिबार पाँच तले सिन्जिया होटल भत्किएको थियो। उक्त होटल भत्किँदा अझै २८ जना वेपत्ता रहेको चिनियाँ संचारमाध्यमले जनाएका छन्। उनीहरुको खोजीकार्य जारी छ।
यसबीचमा चिनियाँ संचारमाध्यमले एउटा हृदयविदारक भिडियो सार्वजनिक गरेका छन्। जसमा भत्किएको भवनले १८ घण्टासम्म पुरिएका एक व्यक्तिलाई पुरिएकै स्थानमा पानी पियाउने प्रयत्न गरिएको देखिएको छ।
सिन्हवाले सार्वजनिक गरेको भिडियोमा खोजीकार्यमा जुटेका अग्नि नियन्त्रकहरुले पुरिएका व्यक्तिलाई पानी पियाउँदै गरेको देखिएको छ।

अग्नि नियन्त्रकहरुले आफुहरुले उनलाई बचाउने र नडराउन आग्रह गरेको सुन्न सकिन्छ। उक्त भिडियो यतिबेला इन्टरनेटमा चर्चाको विषय बनेको छ।
मानिसहरुले उक्त भिडियो हेरेर अग्निनियन्त्रकहरुले मानवताको धर्म राम्रोसँग निभाएको भनेर प्रशंसा गरिरहेका छन्।
आपतकालीन व्यवस्थापन मन्त्रालयकाअनुसार सुरुमा होटल भत्कँदा ७१ जना पुरिएका थिए। ४३ जनाको सकुशल उद्धार भएको छ।
सिन्ह्वाका अनुसार उक्त होटलको दोस्रो तला लुनार नयाँ वर्षयतादेखि मर्मत सम्भार गरिँदै थियो। प्रहरीले होटलका मालिकलाई यतिबेला नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
(भिडियो)


