एक घण्टा लम्बियो दिन, यस्तो छ लम्बिने प्रक्रिया

अंग्रेजी महिना डिसेम्बरयता दिन एक घण्टा लामो भइसकेको छ। दिनप्रतिदिन दिनको समय क्रमशः बढ्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार सबैभन्दा छोटो दिन मानिएको गत डिसेम्बर २२ तारिखमा ५ बजेर १४ मिनेटमा सूर्यास्त भएको अर्थात् घाम डुबेको थियो भने आज (मार्च ५) मा ६ बजेर ७ मिनेटमा घाम डुब्नेछ।

यस्तै डिसेम्बर २२ मा ६ बजेर ५१ मिनेटमा सूर्य उदाएको थियो भने आज (बिहीबार) ६ बजेर ७ मिनेटमा सूर्य उदाएको थियो।

यस हिसाबले करिब एक घण्टा दिन लामो भइसकेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए।

‘दिन लम्बिँदा बेलुकातर्फ बढी लम्बिने हो,’ उनले भने, ‘बिहान घाम उदाउने समय त्यति धेरै फरकमा जाँदैन।’

दिन लम्बिने क्रम जारी रहेको र सबैभन्दा लामो दिन आउने जुन २२ तारिखलाई मानिने मौसमविद् अर्यालले जानकारी दिनए।

दिन जति लम्बिँदै गयो तापक्रम पनि उति बढ्दै जाने उनको भनाइ छ।

५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान खुला

Previous articleयसरी सफल भएको थियो प्रम ओलीको मिर्गौला प्रत्यारोपण
Next articleजन्ती लिएर फर्कंदै गरेको बस दुर्घटना : ४ को मृत्यु, बेहुला-बेहुलीसहित ५२ घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।