
पर्सामा नक्कली नागरिकता बनाउने पूर्व गाविस सचिव पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा पर्सा बहुदरमाई नगरपालिका ७ का ६० वर्षीय बिन्दाप्रसाद साहलाई नेपाली नागरिकता, नागरिकता बनाउन प्रयोग हुने अनुसुचीका फारमहरु, जन्मदर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित, नेपाल टेलिकम र एनसेलका सिमकर्डहरु सहित पक्राउ गरेको हो।
उनले मोटो रकम लिई नक्कली नेपाली नागरिकता, जन्म र मूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु बनाईदिने गरेको अख्तियारले जनाएको छ।
रत्ननगरमा ज्येष्ठ नागरिककको लागी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


