
कोरोना भाइरस (कोभिड–१९) बाट पुरुषको तुलनामा महिलाको ज्यान कम जाने देखिएको छ। उमेर समूहमा भने बालबालिकामा कम जोखिम देखा परेको छ।
चीनको सेन्टर अफ डिजिज कन्ट्रोलको तथ्यांकअनुसार कोरोनाको मृत्युदरमा यस्तो फरक देखिएको हो।
कोरोना लागेका धेरैजसोमा सामान्य संक्रमण हुने गर्छ। तर, केहीमा जटिल स्वास्थ्य समस्या देखा पर्छ।
चीनमा ४४ हजार संक्रमितको तथ्यांक अध्ययन गर्दा पुरुषमा मृत्युदर २.८ प्रतिशत देखिएको छ। तर, महिलामा भने मृत्युदर १.७ प्रतिशत मात्र छ।
केटाकेटी र किशोरकिशोरीमा यो दर निकै कम छ। यो उमेर समूहमा ०.२ प्रतिशतको मात्र ज्यान गएको छ भने ८० वर्षमाथिका व्यक्तिमा भने मृत्युदर १५ प्रतिशत छ।
महिला र बालबालिकामा कोरोनाको मृत्युदर किन कम त?
यसमा दुई वटा व्याख्या हुन सक्छन्। या त ती समूहका व्यक्ति संक्रमित हुने सम्भावना कम हुन्छ, या भाइरस झेल्ने तिनको शरीरको शक्ति ज्यादा हुन्छ।
तर, यो तथ्यबाट वैज्ञानिकहरु भने अचम्मित छैनन्। किनभने यस्तै फरक रुघालगायत अन्य संक्रमणमा पनि देखिसकिएको छ।
यसको एउटा प्रमुख कारण के हो भने सामान्यतः महिलाको तुलनामा पुरुषहरु खराब जीवनशैलीका कारण नाजुक स्वास्थ्यअवस्थामा हुन्छन्। उदाहरणका लागि धुम्रपानलाई लिन सकिन्छ।
चीनमा त यसको प्रभाव अझ प्रष्ट छ। किनभने त्यहाँ ५२ प्रतिशत पुरुष र ३ प्रतिशत महिलाले मात्र धुम्रपान गर्छन्।
त्यस्तै, महिला र पुरुषको प्रतिरक्षा प्रणाले संक्रमणको प्रतिक्रिया जनाउने तरिक पनि फरक हुन्छ।
‘महिलाहरु अटोइम्युन डिजिजबाट बढी प्रभावित हुन्छन् त्यसैले उनीहरुको शरीर एन्टीबडी उत्पादन गर्न सक्छ,’ युनिभर्सिटी अफ इस्ट आंग्लियाकी प्राध्यापक पाउल हन्टर भन्छन्। एजेन्सी
रत्ननगर महोत्सव: भोली शनिवार ‘एकदुमे’ को विशेष प्रस्तुती रहने


