हेरामाया बुद्धिचालको उपाधि सुजनालाई

हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि गोल्डेनगेट कलेजकी सुजना लोहनीले जितेकी छन्। आज खेल सम्पन्न हुँदा उनले सात चरणमा ६ दशमलव ५ अंक जोडिन्।

प्रतियोगितामा काठमाडौँकी सिन्डिरा जोशी ६ अंकसाथ दोस्रो भइन्। धनुषाकी स्नेहा यादव ५ दशमलव ५ अंकसाथ तेस्रो भइन्। उनीहरुले क्रमशः रु २५ हजार, रु १५ हजार र रु आठ हजार पुरस्कार प्राप्त गरे।

यस्तै काठमाडौँकी आभा पुडासैनी चौथो तथा मिसन युथ क्लबकी सन्तोषी विक पाँचौँ भए। उनीहरुले क्रमशः रु छ हजार तथा रु चार हजार पुरस्कार प्राप्त गरे।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे। काठमाडौँ जिल्ला बुद्धिचाल संघद्वारा आयोजित तीनदिने प्रतियोगितामा ३९ खेलाडीको सहभागिता थियो। रासस

अखिल नेपाल महिला संघ रत्ननगरको अध्यक्षमा विरञ्जना घिमिरे सापकोटा

Previous articleहोलीमा ट्राफिक व्यवस्थापनः सुरक्षा व्यवस्था कडा
Next articleकोराना : नेपालीलाई भारत नजान टीकापुर नगरपालिकाको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।