मनाङको जितमा अञ्जन नायक

पोखरा । अञ्जन विष्टको निर्णायक गोल मद्दतमा नेपाल आयाल निगम मनाङ–मस्र्याङ्दी क्लब आहा रारा गोल्डकपको २००औं ऐतिहासिक खेलमा जित हात पार्दै १८औं संस्करणको गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । अन्जन विष्टले खेल सकिन १५ मिनेट बाँकी रहँदा गरेको गोल नै मनाङलाई अन्तिम चारमा पुग्न पर्याप्त बन्यो ।

पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा मनाङले झापा–११ फुटबल क्लबलाई १–० ले पराजित गरेको हो । अब मनाङले सेमिफाइनलमा अब त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । खेलको ११औं मिनेटमा मनाङका अञ्जन विष्टले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

१७औं मिनेटमा कप्तान कमल श्रेष्ठको फ्रिकिकमा आदित्य चौधरीको हेडरलाई झापाका गोलरक्षक राजकुमार लिम्बुले बचाए । २९औं मिनेटमा निशान लिम्बुले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेको अवस्थामा गरेको प्रहारले पोस्टको दिशा लिन नसक्दा मनाङ अग्रत लिनबाट चुक्यो । लगातार दवाव बनाएको मनाङ ३३औं मिनेटमा पुनः अर्को अवसरबाट चुक्यो ।

गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा फरवार्ड विमल रानाले सट प्रहार गर्न सकेनन् । ४२औं मिनेटमा विमलको फ्लिक हेडरमा दयानन्द सिंहले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा अञ्जनको प्रहार गोलरक्षक राजकुमारले बचाउँदा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा झापाले राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङ र मिडफिल्डर विशाल राईलाई मैदान प्रवेश गरायो । लगातार आक्रमण बुनेको मनाङले ७६औं मिनेटमा अञ्जनको गोलमा अग्रता लियो । दयानन्दको लामो पासलाई अन्जनले अफसाइड बिट ट्याप गर्दै पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको सशक्त प्रहारलाई गोलरक्षक राजकुमारले ठम्याए पनि बचाउन सकेनन् ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा विमलले पेनाल्टी क्षेत्रभित्र पाएको अवसर सदुपयोग गर्न सकेनन् । लगत्तै मनाङका डिफेन्डर फ्लोरेन्टले सुनिल खड्काको प्रहारलाई ब्लक गर्दै खतरा टारे । अन्तिम मिनेटमा अभिषेक गुरुङ वान भर्सेस वानमा चुक्दा झापा पराजित हुन पुग्यो ।

प्रतियोगिताअन्तर्गत सोमबार तेस्रो क्वार्टरफाइनलमा रुस्लान थ्रीस्टार क्लबले भारतको गान्तोक फुटबल क्लबसँग खेल्नेछ । यसअघि पहिलो क्वार्टरफाइनल जित्दै नेपाल पुलिस क्लब अन्तिम चारमा पुगिसकेको छ ।

जितपछि मनाङका प्रशिक्षक फुजा टोपेले टोलीको प्रदर्शन सन्तोषजनक नरहेको र कठिन जितको प्रतिक्रिया दिए । उनले समयमै गोल निस्कन पर्ने भए पनि खेलाडी थकित हुँदा सोचेजस्तो खेल्न नसकेको बताए । झापाका प्रशिक्षक सन्तोष गुरुङले टोलीले मनाङजस्तो टोलीसँग टोलीको प्रदर्शन सन्तोषजनक रहेको बताए । उनले टोलीका मुख्य खेलाडी घाइते भएकोले जितको खोजीमै समय गुज्रेको बताए ।

आहा रारा गोल्डकपमा ४ वर्षपछि भेट भएको दुवै टोलीको प्रदर्शन पहिलो हाफमा सन्तुलित थियो । १४औं संस्करणमा मनाङ र झापाको भेट भएको थियो । त्यतिबेला, मनाङ र झापाले फाइनलका लागि खेलेको थियो । उक्त खेलमा मनाङ ४–० ले विजयी भएको थियो ।

सहारा क्लबले आयोजना गरेको आहा रारा गोल्डकपको १८औं संस्करणसम्म आइपुग्दा आइतबारको खेल २ सयऔं खेल थियो । जसमा मनाङका विष्ट नायक बन्न सके । उनी खेलको म्यान अफ दी म्याचघोषित भए । आगामी १ चैतसम्म हुने प्रतियोगिता विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

The post मनाङको जितमा अञ्जन नायक appeared first on Rajdhani Daily News.

के हुँदैछ रूस-युक्रेन द्वन्द्वमा !

Previous articleछुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ११ घाइते
Next articleकालोबजारी गर्नेमाथि कडा कारबाही गर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।