नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

कोरोना संक्रमण राेकथामका लागि भन्दै कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई सोमबारदेखि नै लागु हुनेगरी आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ।

त्यहाँको सरकारले तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन आइतबार त्यस्ताे घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

उसले चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको हो।

त्यहाँका प्रमुख एयरलाइन्स कतार एयरवेजले इटाली जाने आउने उडान तत्कालका लागि रोकिसकेको छ।

कतार नेपालको एक प्रमुख श्रम गन्तव्य हो।  

कतारमा हालसम्म १५ जनामा संक्रमण भएकाे फेला परेपनि कसैकाे मृत्यु भएकाे छैन।

रसुवागढीनाकाबाट आयात वृद्धि

Previous articleकालोबजारी गर्नेमाथि कडा कारबाही गर
Next articleझापाको नेपाल-भारत सीमा कुमरखोदमा कोरोना स्वास्थ्य सहायता कक्ष
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।