‘रोनाल्डिन्होलाई राहदानी नक्कली हो भन्ने थाहा थिएन’

क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छन्।

रोनाल्डिन्हो र उनका भाई रोबर्टोलाई नक्कली कागजात पेश गरेक आरोपमा पाराग्वेका प्रहरीले पक्राउ गरेका छन्।

उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन्।

वकील क्वीरोजले भने, “रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन।”

पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उहाँप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन्।

रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे पुगेका थिए। विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उहाँका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए। एएफपी

कार्यकक्षमा नै वडाध्यक्षको निधन

Previous articleट्राफिक प्रहरीलाई ५ हजार घुस दिन खोज्ने कार चालक पक्राउ
Next articleतरुण दलद्वारा कालोबजारी र वस्तुको कृत्रिम अभाव रोक्न माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।