Home Uncategorized पराजित हुँदा मड्रिडले गुमायो शीर्ष स्थानको अवसर, बार्सालाई फाइदा

पराजित हुँदा मड्रिडले गुमायो शीर्ष स्थानको अवसर, बार्सालाई फाइदा

मड्रिड रियल बेटिससँग अवे मैदानमा भएको खेलमा २–१ ले पराजित भएको हो।

बेटिसको जितमा सेडनेइ रेचल र क्रिस्ट्यिन टेलोले एक–एक गोल गर्दा मड्रिडका लागि करिम बेन्जेमाले एक गोल गरे।

बेटिससँग पराजित भएसँगै मड्रिडले ला लिगामा शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ।

खेलअघि २६ खेल खेलेको मड्रिडको ५६ अंक थियो। २७ खेलमा ५८ अंक बनाएको बार्सा लिगको शीर्ष स्थानमा थियो। बेटिससँगकोे खेल जितेको भए मड्रिडले बार्सालाई समान खेलमा १ अंकले जितेर शीर्ष स्थान हासिल गर्ने थियो।

तर पराजय व्यहोरेसँगै बार्सा ५८ अंकसहित शीर्ष स्थानमै छ। मड्रिड ५६ अंकमै सिमित भएको छ।

विद्युत् बक्यौता नबुझाउँदा बसपार्कको लाइन काटियो

Previous articleसंसारलाई त्रसित बनाएको कोरोना भाइरसविरुद्धको खोप कहिले बन्छ ?
Next articleचैत १ गते कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।