भारतमा रिङटोनको ठाउँमा कोरोनाबाट बच्ने टिप्स

भारतमा मोबाइल फोनको रिंगिङ टोनको सट्टा कोरोना भाइरसबाट बच्ने भ्वाइस टिप्स राख्न थालिएको छ।

बीएसएनएल, एमटीएनल, रिलायन्स जियो, एयरटेल र वोडाफोन आइडियाका १.२ अर्ब मोबाइल प्रयोगकर्ताको फोनमा रिंगिङ टोनको सट्टा टिप्स राखिएको हो।

अर्थात् फोन डायल गर्ने व्यक्तिले सो रेकर्डेड मेसेज सुन्ने गर्छ।

सो सन्देश खोकीबाट सुरु हुन्छ।

‘खोक्दा र हाँच्छ्युँ गर्दा सधैँ मुख छोप्ने गर्नुस्। साबुन पानीले नियमित हात धुनुस्,’ एक महिला आवाजले भनेको सुनिन्छ।

त्यस्तै, सन्देशमा हातले अनुहार नछुन, रुघाखोकी लागेको मानिसबाट कम्तीमा एक मिटर टाढा बस्न पनि सुझाइएको छ।

हिन्दी र अंग्रेजी दुवै भाषामा यस्तो सन्देश उपलब्ध छ।

हाल भारतमा ४३ जना कोरोनाबाट संक्रमित भएका छन्। एजेन्सी

पाँचपोखरीको प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ्यमा

Previous articleमुख्यमन्त्री राउत महामूर्खको उपाधिद्धारा सम्मानित
Next article२ वर्ष जेल छल्न ६ वर्ष भागेका अच्छेलाल पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।