२ वर्ष जेल छल्न ६ वर्ष भागेका अच्छेलाल पक्राउ

बाराको करैयामाई गाउँपालिका ५ का अच्छेलाल चौधरी पक्राउ परेका छन्।

जिल्ला अदालत बाराले लागु औषधको मुद्दामा २०७० साल माघ २० गते उनलाई २ वर्ष ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अदालतको फैसलापछि फरार भएका चौधरीलाई सोमबार पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

अच्छेलाललाई सोमबार नै जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंजमा पठाइएको प्रहरीले जनाएको छ।

घट्यो सुनको मूल्य

Previous articleभारतमा रिङटोनको ठाउँमा कोरोनाबाट बच्ने टिप्स
Next article‘घाटो’ मन्त्र पढ्दै भिमेश्वर मन्दिर पुगेर होली समापन (फोटोफिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।