९१सवारी चालक ट्राफिक प्रहरी कार्वाहीमा

तनहुँ  ।  तनहुँको- ९ स्थानमा  नियमित ट्राफिक चेक जाँच गर्ने क्रममा ९१ सवारी चालक कार्वाहीमा परेका छन् । विभिन्न चाँड पर्वहरुको मौका पारी हुने सवारीलापरवाहीले हुन सक्ने मानविय जन धनको क्षति न्युनिकरण गराउने उदेश्यले फागुपुर्णिमा विशेष चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले वताए ।
जिल्लाका-९, स्थानहरुमा देवघाट ,आँबुखैरेनी,डुम्रे ,चन्द्रावती दमौली ,थर्पु,खैरेनीटार ,भिमाद ,कोत्रे लगाएतका स्थानहरूमा सवारी चेक जाँच तिव्र पारिएको बताए ।

सोर्स फोर्सका भरमा विना लाईसन विलबुक ,चोरी गरि ल्याएका सवारी साधन छोड्न मलाई  निर्देशन दिईएको थियो । मैले  कानुन भन्दा माथि कोही पनि छैन भन्दै  कानुनी  दायराभित्र ल्याउदाँ    बेला बखत नियम विपरीत सवारीसाधन  छोड्दिन आदेश आउने गरेको बताए ।

म नियम बाहिरको कुरा मान्दै मान्दिन  ट्राफिक प्रहरी प्रमुख अधिकारीले भने।  विभिन्न धम्की ,डर ,त्रास फोनबाट आउँछ मलाई त्यस्ता निर्देशन मान्नु जरुरी छैन् सरकारले मलाई  नियम विपरीत सवारी साधन चलाउने उपर कार्वाही गर्न पठाएको हो,गैर कानुनी निर्देशन मान्न होइन उनले भने। मंगलबार ६ वजेदेखि बेलुका ७ वजे सम्ममा ९१ सवारीसाधन लापरबाहीका कारण ट्राफिक फन्दामा परेका हुन्।

नियमित सवारी चेक जाँच गर्ने   क्रममा आईतवार  मोटरसाइकल मोडिफाई गरि चलाउने २९ जना ,मादकपदार्थ सेवन गरि चलाउने ९ जना ,सवारीसाधन अनुमतिपत्र विना चलाउने १६ जना ,ओभर स्पिड र ओभर ट्याकगरि चलाउने१२ जना,बुलेट,क्रसफाएर,केटिएम,पल्सर,अपाचे जस्ता मोटरसाइकल मोडिफाई गरि ध्वनि प्रदुषण गराउने १७ जना, रुट प्रमिट , ईज्जत् पत्र विना सवारीसाधन चलाउने ८जना,सवारीसाधन चेकजाँचका क्रममा तनहुँ ट्राफिक प्रहरी कार्वाहीमा परेको  जिल्ला  ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी  दिए।

The post ९१सवारी चालक ट्राफिक प्रहरी कार्वाहीमा appeared first on Rajdhani Daily News.

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

Previous articleप्रधानमन्त्रीको प्रत्यारोपण भएकै अस्पतालमा मिर्गौला पीडितले पोखे दुःख !
Next articleथ्री स्टारसँग ग्यान्तोकको हार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।