फेरि पश्चिमी वायु सक्रिय हुँदै, बुधबारदेखि वर्षाको सम्भावना

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ। यसले भोलि (बुधबार)सम्ममा वर्षा तथा हिमपात गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुुसार पश्चिमी वायुबाट विकसित न्यून चापीय रेखाको प्रभाव मात्र सुरु भएको हो।

‘तर वर्षा गराउने न्यून चापीय प्रणाली (वर्षा/हिमपात गराउने) भने प्रवेश गरिसकेको छैन,’ मौसमविद् पोखरेलले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘अहिले यो पाकिस्तान, अफगानिस्तातिरै छ, भोलि (बुधबार)चाहिँ यो प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना छ।’

जसको असरले बुधबार विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा/हिमपात गराउने सम्भावना देखिएको छ।

‘अन्य स्थानमा पनि छिटफुट वर्षाको सम्भवना त छ तर कम छ,’ मौसमविद् पोखरेलले भनिन्।

बुधबार बेलुका काठमाडौं उपत्यकामा पनि हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।

आज मंगलबार भने काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आंशिक बदली मात्र हुने मौसमविद्को अनुमान छ।

मार्चयता नेपालमा प्रिमनसुन अवधि सुरु भएको छ।

मे महिनासम्म रहने प्रिमनसुनमा हावाहुरी, चट्याङ तथा असिना-पानीको सम्भावना बढी हुने मौसमविद् बताउँछन्।

यो अवधिपछि मनसुन सुरु हुनेछ।

 

पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

Previous articleप्रदेश- ५ मा मन्त्रीमण्डल विस्तार हुँदै, यी हुन् नयाँ थपिने अनुहार
Next articleअहिलेसम्म ४ नेपालीलाई कोरोना संक्रमण, ४४१ जनाको परीक्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।