
युरोपेली मुलुक इटलीमा कोरोना भाइरसले भयावह स्थिति सिर्जना गरेको छ। कारोनाको संक्रमणबाट त्यहाँ एकै दिन सय जनाको मृत्यु भएको छ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मंगलबार बिहानसम्म इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ।
सोमबार एकै दिन सय जनाको मृत्यु भएपछि इटलीमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको हो।
यसरी कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि इटली सरकारले देशभर आपतकालीन उपाय अपनाएको छ।
६ करोड जनसंख्या भएको इटलीका बसै बासिन्दालाई घरभित्रै बस्न त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेलेले निर्देशन दिएका छन्।
सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।
इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्।
कोरोना भाइरसको संक्रमण तथा मृत्युको तथ्यांकले यो भाइरसको उद्गमस्थल चीनपछि सबैभन्दा बढी प्रभावित मुलुक इटली देखिएको छ।
इटलीमा अहिलेसम्म ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमणको पुष्टि भएको छ।
चीनमा अहिलेसम्म ३१ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। ८० हजार संक्रमित देखिएका छन्।
पछिल्ला दिनमा मृत्यु दरमा नियन्त्रण गर्न चीन सफल देखिएको छ। सोमबार चीनमा थप १७ जनाको मृत्यु भएको समाचार एजेन्सी सिन्हवाले जनाएको छ।
एको छ।
ऊर्जा सङ्कटको असरः निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्न सकारात्मक दबाब


