करौंडो ठगी आरोप लागेका भेटवालले गरे टेकु आएर आत्मसमर्पण

करोडौं ठगीको आरोप लागेका जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालले मंगलबार काठमाडौं महानगरीय प्रहरी परिसरमा आत्मसमर्पण गरेका छन्।

मंगलबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसर आएर उनले आत्मसमर्पण गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

‘उनले मंगलबार बिहान महानगरीय प्रहरी परिसर आएर आत्मसर्पण गरेका छन्,’ डीएसपी बोगटीले, नेपालखबरसँग भने, ‘अब उनलाई बैकिङ कसुर मुद्दामा आजै अदालत लगेर म्याद थप गरिनेछ।’

डीएसपी बोगटीका अनुसार भेटवालविरुद्ध अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको उजुरी परेकाे छ। उनीविरुद्ध चन्द्रसिंह धामीले उजुरी गरेका हुन्।

यसबाहेक उनले करोडौं ठगेको प्रहरीकाे आशंका छ। उनीविरुद्द सीआईबीमा समेत ठगीकाे उजुरी परेकाे प्रहरीले जनाएकाे छ। 

भेटवाल प्रहरीको खोजी सूचीमा थिए। 

काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको भ्यूटावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए।

एमसिसीका विषयमा छरिएको भ्रमका पछि नलाग्न सञ्चारमन्त्रीको आग्रह

Previous articleकोरोनाः इटलीमा एकै दिन १०० को मृत्यु, ६ करोडलाई घरभित्रै बस्न निर्देशन
Next articleधरहराकाे काममा तीव्रता : ९ तलासम्म उठिसक्याे, खटिएका छन् १५० कामदार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।