ठेकेदार भेटवालले किन गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसर्पण गरेका छन् । ठेकेदार भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेका हुन् । उनी ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार थिए ।

काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका उनी मुख्य ठेकेदार हुन् । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले आत्मसमर्पण गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।

The post ठेकेदार भेटवालले किन गरे प्रहरीसमक्ष आत्मसमर्पण appeared first on Rajdhani Daily News.

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

Previous articleथप ३ देशका नागरिकले आजदेखि अनअराइभल भिसा नपाउने
Next articleकालोबजारी गर्नेलाई कारबाही : मन्त्री भट्ट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।