थप ३ देशका नागरिकले आजदेखि अनअराइभल भिसा नपाउने

काठमाडौं । अध्यागमन विभागले थप ३ देशका नागरिकलाई अनआराइभल भिसा दिन बन्द गरेको छ । पछिल्लो पटक विभागले स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई अनअराइभल भिसा दिन बन्द गरेको हो । योसँगै ८ वटा मुलुकका नागरिकले विमानस्थलमा अनअराइभल पाउने छैनन । कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई मंगलबारदेखि नेपाल प्रवेश गर्न ‘अन अराइभल’ भिसा बन्द गरेको हो ।

अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई अन अराइभल भिसा बन्द गरेको हो ।

अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।

हाल विश्वका १३ वटा देशका नागरिकबाहेक सबैलाई नेपालले त्रिभुवन अनराष्ट्रिय विमानस्थल र अन्य सिमानाकामा नै ’अनअराइभल’ भिसा दिँदै आएको थियो । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले त्यस्तो व्यवस्था तत्कालका लागि केही देशका नागरिकका निम्ति स्थगन गर्ने निर्णय गरेको हो । सङ्क्रमण अहिलेसम्म विश्वका १ सय ९ वटा मुलुकमा देखिइसकेको छ ।

The post थप ३ देशका नागरिकले आजदेखि अनअराइभल भिसा नपाउने appeared first on Rajdhani Daily News.

धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैनः मन्त्री कार्की

Previous articleदाङमा सुरू भयाे डढेलाेविरूद्धकाे ‘महाअभियान’
Next articleठेकेदार भेटवालले किन गरे प्रहरीसमक्ष आत्मसमर्पण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।