घरभित्र सुतिरहेकी ९ वर्षीया बालिकालाई चितुवाले लग्यो

मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ।

लुहारलाई मंगलबार बिहान चार बजे ओछ्यानमै चितुवाले आक्रमण गरी लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए।

उनले पछिल्लो समय बैतडीमा चितुवाको आतंक बढेको बताए। उनका अनुसार यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको थियो।

उनले २०६८ सातयता बैतडीमा २५ जनाको चितुवाले ज्यान लिइसकेको बताए।

महालक्ष्मी नगरपालिकाद्वारा एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु

Previous articleचीनपछिकै कोरोना ग्रस्त क्षेत्र बन्यो इटली, देश नै ठप्प पारियो
Next articleभारतमा कोरोनाबाट ४७ संक्रमित, मनिपुर र म्यानमारको नाका बन्द गरियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।