लाइसेन्स बनाइदिन रकम लिने विचौलिया पक्राउ

Click Image

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र बनाउन लिखित परीक्षामा पास गरिदिने भन्दै रकम अशुल्ने दुई जना विचौलयालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाजुराको जुगाडा गाउँपालिका–६ घर भई ठुलोभर्‍याङ बस्ने वर्ष २५ को मान बहादुर रोकाया र धादिङ निलकण्ठ नगरपालिका–४ घर भई स्वयम्भू बस्ने वर्ष ३८ को गणेश गुरुङ रहेका छन्।

महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय ठुलोभर्‍याङ, स्वयम्भूबाट उनीहरुलाई दुई हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी बृत्त, स्वयम्भूमा बुझाईएको छ।

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्रमा सफाइ तिब्र

Previous articleकुष्ठरोग निवारण अभियानमा बेल्जियम राजकुमारीको साथ
Next articleसैनामैनाका वन अधिकृत घुस लिएको अभियोगमा पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।