Home Uncategorized होलीलाई नरहरिको नयाँ गीत

होलीलाई नरहरिको नयाँ गीत

काठमाडौं । तराईमा आज होली मनाइँदै छ । यसैक्रममा गायक तथा संगीतकार नरहरि प्रेमीले यो वर्षको फागुपूर्णिमाको अवसर पारेर नयाँ गीत ‘आयो होली…’को भिडियो बजारमा ल्याएका छन् । उनले होलीको दुई दिनअघि यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

‘आयो होली…’गीतका गीतकार र संगीतकार पनि नरहरि नै हुन् । रंगको पर्व होली (फागु)लाई लक्षित गरेर तयार पारिएको यो गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले स्वरमा साथ दिएकी छन् ।

यो गीत नृत्य प्रधान बनेको छ । यो गीत यतिबेला नेपाली सञ्चार माध्यममा निकै बज्न थालेको छ । दर्शकले पनि गीत र गीतको भिडियोलाई रुचाएका छन् । श्रुतिसंगीत विद्यालयको प्रस्तुति रहेको ‘आयो होली गीत…’गायक नरहरि प्रेमीले चिप्पक चिप्पक गीतपछि गाएको नयाँ गीत हो ।

The post होलीलाई नरहरिको नयाँ गीत appeared first on Rajdhani Daily News.

अबको केही दिन मौसम बदली

Previous articleपश्चिमी वायुको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
Next articleआधा दर्जन फिल्मबाट हटाइएकी करिना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।