
ती अस्पतालहरु ६ देखि १० दिनमा निर्माण भएको थिए।
कोरोनाको उद्गमस्थल वुहानमा कोरोनाबाट संक्रमितहरु उपचारपछि स्वस्थ हुन थालेपछि यतिबेला ती अस्पतालहरु बन्द हुने क्रममा छन्।
हालसम्म १२ वटा अस्पताल बन्द भइसकेका छन्। मंगलबार थप दुई अस्पताल बन्द हुने सिन्ह्वाले जनाएको छ।

यससँगै मंगलबार वुहानका अस्थायी सबै अस्पताल बन्द हुनेछन्। वुहानमा कोरोना संक्रमितहरु उल्लेख्य रुपमा घटेपछि मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ वुहान भ्रमणमा पुगेका छन्।
चिनियाँ राष्ट्रपति वुहान पुगेसँगै चीनका कोरोनाको प्रकोप टरेर गरेको विश्लेषण गरिएको छ। चीनमा गएको २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको छ भने १९ संक्रमित बनेका छन्।
यो पनि :
चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल पुग्नुको अर्थ


