राजा विरेन्द्रले चड्ने प्लेन रा’तीको समयमा अ’चानक कसले किन ल्यायो सडकमा?

राजा विरेन्द्रले चड्ने प्लेन रा’तीको समयमा अ’चानक कसले किन ल्यायो सडकमा?

शनिबार साँझ काठमाडौंको सडकमा अनौठो दृश्य देखियो । नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीय पनि दंग परे । तर यो विमान कुनै आपतकालीन रुपमा सडकमा अवतरण भने गरिएको होइन रहेछ । यो त त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न लगिएको रहेछ ।

विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक पप्रहरीलाई सास्ती पनि भयो । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो ।

नेपालको राजपरिवार

गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।

यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकोप्टोर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए । उनका अनुसार यो एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने छ । आवश्यक तयारीपछि सर्वसाधारणले पनि यसको अवलोकन गर्न पाउनेछन् ।

बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै

Previous articleसाउदीमा Exit Visa लगाउन आवेदन दिनुभएको छ? तपाईको नाम पर्यो कि परेन? हेर्नुहोस पुरा नामावली
Next articleकिसानको पिडामा जनप्रतिनिधिको मलम; वडा कार्यालयले बाढ्यो किसानलाई मल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।