यसपालीको होली घर–घरमै सिमित

 

सप्तरी, राजविराज । साथी भाई र आफन्तजनको घर–घर पुगेर विगतका वर्षहरुमा मनाउने गरिएको रंग र उमंगको पर्व होली यस पटक भने सप्तरीमा आ–आफनै घरमा सिमित भएर मनाईएको छ ।

कोरोना भाईरसको सन्त्रास तथा स्थानिय प्रशासनले समेत भिडभाडमा सामेल भई होली नखेल्न गरेको आग्रहका कारण अधिकांशले आ–आफनै घर परिवार सित यस पटक रंग अबिर खेलेर होली मनाएका छन् ।

नाचगान सहित बजार तथा सडकमा होली मनाउनेहरुको संख्या यस पटक ह्वातै घेटेको छ । यद्यपि गित बजाउँदै घर आँगनमै नाच गान गर्नेहरुको संख्या भने विशेष रहयो ।

मिथिला पञ्चाङग अनुसार तराई मधेशमा यस पल्ट होली मंगलबार परेको छ । होली मंगलबार परेका कारणले पनि होलीको उत्साहमा कमी आएको छ । होलीमा माछा, मासु मुख्य परिकारको रुपमा रहने गरेपनि मंगलबारका दिन माछा मासु नखाने परम्पराका कारण पनि होलीको रौनक्ता बढन नसकेको स्थानियबासीहरुको भनाई छ ।

संघिय राजधानी सहित पहाडी जिल्लामा सोमबारै होलीपर्व मनाईएको छ । प्रदेश २ सरकारले होली पर्वको अवसरमा सोमबार र मंगलबार दुई दिन सार्वजनिक विदा दिएको छ । तर विश्वभर फैलिएको कोरोना भाईरसको त्रास र मंगलबार माछा मासु नखाने मिथिलाबासीको परम्पराले यस पल्टको होली उत्साहजनक हुन सकेको छैन ।

The post यसपालीको होली घर–घरमै सिमित appeared first on Rajdhani Daily News.

उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी

Previous articleनेपाल एयरलाइन्सकाे दोहा उडान स्थगित
Next articleसिन्धुपाल्चोकको ‘कर्णाली’ मा पिच रोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।