५ किलो सुन तस्करीमा संलग्न भोटे ३ लाख धरौटीमा छुटे

0
97

संखुवासभा । संखुवासभाको भोटखोला –२ बाट पाँच किलोग्राम अबैध सुन तस्करीमा संलग्न रिन्जीन भोटे ३ लाख धरौटीमा छुटेका छन् । पाँच किलो सुन ओसारपसारमा संलग्न चालक रिन्जीनलाई जिल्ला अदालत चैनपुरले ३ लाख धरौटीमा रिहा गरेको छ ।

पाँच किलो सुन ओसारपसारमा संलग्न चालक रिन्जीनलाई तारिखमा रिहा गरेको जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम प्रसाईले जानकारी दिए । गत असोज २७ गते भोटखोला गाउँपालिका–२ बाट पाँच किलो अबैध सुनसहित तोप्चेन भोटे पक्राउ परेका थिए । प्रहरीले तोप्चेनको बयानका आधारमा प्रहरीले खाँदबारी–१ जर्को भोटे र चालक रिन्जीन भोटेलाई पक्राउ गरेको थियो । प्रहरीले विशेष सुराकीका आधारमा चीन किमाथांकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलो सुन चेपुवाबाट पक्राउ गरेको थियो ।

६ जनाविरुद्ध ३० करोड २६ लाख विगो दावी

राजश्व अनुसन्धान विभागले जिल्ला अदालत चैनपुरमा ३० करोड २६ लाख विगो दावी सहित मुद्दा गत मंसिर १० गते दर्ता गराएको थियो । विभागले विदेशी विनिमय अपचलनको कसुरमा १५ करोड १३ लाख र राजश्व चुहावट गरेको आरोपमा १५ करोड १३ लाख गरि विगो दावी गरेको सूचना अधिकारी डिल्लीराम प्रसाईले जानकारी दिए । राजश्व अनुसन्धान राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुरले तोप्चेन भोटे, रिन्जीन भोटे, जर्को भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । उनीहरुले मिलेमतोमा चार पटकमा २५ किलो सुन चारी गरेको बयान दिएका थिए ।

अबैध ५ किलो सुन सहित पक्राउ परेका तोप्चेनलाई राजस्व अनुसन्धान विभागले ३ करोड २६ लाख ५० हजार बिगो सहितको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले सुन तस्करी गर्न जर्को भोटे सहित अन्य फरार चार जना विरुद्ध १५ करोड १३ लाख २४ हजार बराबरको दोब्बर बिगो दावी सहितको मुद्दा दायर गरेको छ । सुन तस्करीमा संम्लग्न अन्य चार जना भने फरार भएको स्रोतको भनाइ छ । फरार चारै जना भोटखोला गाउँपालिका हुन् ।

The post ५ किलो सुन तस्करीमा संलग्न भोटे ३ लाख धरौटीमा छुटे appeared first on Rajdhani Daily News.

प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन

Previous articleविराटनगर विमानस्थलमा हेल्थ डेस्क स्थापना, ६ जना स्वास्थ्यकर्मी खटाइयो
Next articleबोक्सी आरोपमा वृद्धामाथि कुटपिट